Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ फाल्गुण ८ बिहीबार १०:५८:००
Read Time : < 1 मिनेट
समाचार

डोटीमा अज्ञात समूहद्वारा डोजरमा आगजनी

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ८ बिहीबार १०:५८:००

डोटीको सायल र आदर्श गाउँपालिकाका दुई वटा डोजरमा अज्ञात समूहले आगजनी गरेकाे छ । 

सायल गाउँपालिका–१ छपालीमा बाटो सफा गर्न राखिएको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटरमा बुधबार राति आगजनी भएको छ । साथै सोही समयमा आदर्श गाउँपालिका–३ काँडिस्याउलेमा रहेको एन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज् काठमाडौंको बा १ क २१५९ नम्बरको डोजरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए । 

गाउँपालिका तथा प्रहरीको टोली आगजनीस्थलतर्फ जाँदै गरेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । आगजनी विप्लप नेतृत्वको नेकपाले गरेकाे हुन सक्ने आशंका प्रहरीले गरेको छ । विप्लप नेकपाका डोटी इन्चार्ज तर्कराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको बताए ।