१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ७ बुधबार १९:०६:००
Read Time : > 1 मिनेट
समाचार

मानवअधिकार उलंघन र ज्यादतीका घटना बढे : इन्सेक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ७ बुधबार १९:०६:००

नेपालमा मानवअधिकार उलंघन र ज्यादतीका घटनाहरुमा वृद्धि भइरहेको एक तथ्याङ्कले देखाएको छ ।

बुधबार अनौपचारिक सेवा केन्द्र(इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ भन्दा सन् २०१९ मा मानवअधिकार उलंघन र ज्याजतीका घटनाहरु बढेको देखिएको हो ।

सन् २०१८ मा ५ हजार १ सय १० जना पीडित भएकोमा सन् २०१९ मा यो संख्या १ हजार ५ सय ३२ ले बढेर ६ हजार ६ सय ४२ पुगेको छ । मानव अधिकार उलंघनका घटनामा ६८ महिला र ८ सय ६२ पुरुष गरी ९ सय ३० जना पीडित रहेका छन् भने ५ हजार ५८ महिला र ६ सय ५४ पुरुष गरी ५ हजार ७ सय १२ ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले जनाएको छ । 

नेपाल मानव अधिकार पुस्तक अधिकार वर्ष पुस्तकको विमोचन कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यस  वर्ष गोली लागेर भोजपुरमा २, सप्तरीमा १, सर्लाहीमा २, रुपन्देहीमा १ र कपिलवस्तुमा १ गरी सात जनाको मृत्यु भएको बताए । 

यातनाका घटनाबाट १३ जना पीडित भएका छन् । गिरफ्तारीका घटनामा ७ सय २, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा संगठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ जना पीडित भएका छन् । 
त्यस्तै कुटपिटका घटनामा २ सय ७९ जना पीडित भएको इन्सेकले जनाएको छ । त्यसैगरी ८ जना विस्थापनका घटना र २ जना बेपत्ता पारिएको घटनामा पीडित भएका छन् । 

सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३ सय ६३ जना पीडित भएका छन् । घरेलु हिंसामा २ हजार ७९ र बलात्कार घटनाबाट ५ सय ३० जना पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।