मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण ६ मंगलबार १९:०३:००
Read Time : < 1 मिनेट
अर्थ

कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ६ मंगलबार १९:०३:००

पातारासी गाउँपालिकाको कृषि शाखाले कृषि उत्पादन वृद्धि गर्न भन्दै निःशुल्क माटो परीक्षण शिविर सञ्चालन गरेको छ ।

गाउँपालिका कृषि शाखा प्रमुख रुपक बुढाले माटोमा भएको अम्लीयपन र क्षारीयपन छुट्याएर कुन माटोमा कस्तो बाली उत्पादन हुन्छ सोहीअनुसार बाली र तरकारी रोप्न सिफारिस गरिने बताए । माटो परीक्षण शिविरले किसानलाई आफ्नो खेतबारीको माटोको प्रकृतिको पहिचान गरी कृषि उत्पादन वृद्धि गर्न राहत पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

गाउँपालिकाका सातवटै वडा तथा आसपासका क्षेत्रका किसानको खेतबारीको माटो समेत परीक्षण गरिने बढ्थापाले बताए । गाउँपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेर किसानलाई राहत पुग्ने काम गरेको कृषकहरूले प्रतिक्रिया दिएका छन् । दुई दिनसम्म सञ्चालन हुने माटो परीक्षण शिविरमा तिर्खुगाउँका माटो परीक्षण सहजकर्ता सुर बोहोराले सहजीकरण गरिरहेका छन् ।

जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिएकाले बाली उत्पादन वृद्धि गर्न गाउँपालिकाले प्रांगारिक मल वितरण गर्ने योजनासमेत बनाएको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताए । पातारासीको चौधबिस क्षेत्रको मुख्य बाली मकै, आलु, जौँ, गहुँ र कोदो हो । तरकारी खेतीको समेत राम्रो सम्भावना भए पनि बजारीकरणको समस्या रहेको कृषकहरूले बताएका छन् ।