१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार १८:४९:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरीमाथि आक्रमण गर्ने विप्लव समूहका पाँच पक्राउ, ४ दिनपछि सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार १८:४९:००

विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफापोखरीबाट मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँच जना रहेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

शंकास्पद रुपमा हिँडिरहेको देखेपछि सोधपुछ गर्दा प्रहरीमाथि आक्रमण गरेसँगै प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको छ । 

पक्राउ परेका अन्य चार जनाको नाम प्रहरीले खुलाएको छैन । २ माघमा पक्राउ परेका उनीहरूलाई प्रहरीले ४ दिनपछि मात्र सार्वजनिक गरेको हो । रासस