Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनिष खड्का
२०७६ फाल्गुण ६ मंगलबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार

लागु पदार्थसहित ७ जना पक्राउ 

Read Time : < 1 मिनेट
मनिष खड्का
२०७६ फाल्गुण ६ मंगलबार १७:२०:००

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले लागु पदार्थसहित ७ जनालाई पक्राउ गरेको छ । चरेस, ट्याब्लेट, जनावरको सुकटी र कस्तुरीको दाँतसहित उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा जिल्लाको बाँफिकोट गाउँपालिका-५ काँडाका २८ वर्षिय महेन्द्रकुमार केसी, वडा नं. ८ का २३ वर्षीय लक्ष्मण केसी, सानीभेरी गाउँपालिका-४ का २८ वर्षीय बसन्त भन्ने बलबहादुर चन्द र आठबिसकोट नगरपालिका-११ रिठाका २८ वर्षीय बिमल कुमार शाही रहेका छन् । उनीहरूकाे साथबाट दुई सय ७५ ग्रामको चरेस, अफिम जस्तो देखिने कालो अर्ध ठोस पदार्थ ३० ग्राम, मिठाई जस्तो देखिने खैरो रंगको अर्ध ठोस पदार्थ १३ केजी, लागु औषध जस्तो देखिने काठको टुक्रा १० थान र एक पोका खुर्सानीको धुलो फेला परेकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । उनीहरूलाई गत २४ माघमा पक्राउ गरी अदालतबाट म्याद भई अनुसन्धान उनले जानकारी दिए ।

त्यस्तै, लागु औषध ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको त्रिवेणि गाउँपालिका-३ झुल्नेटा बजारबाट विभिन्न प्रकारका ट्याब्लेट र गाँजासहित मुसीकोट नगरपालिका-३ का २१ वर्षीय विष्णु कसेरा र रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका-१४ का १९ वर्षीय गायस पुन पक्राउ परेका हुन् । उनीहरू ४ फागुनमा पक्राउ परेको प्रहरीले जनाएको छ । 

साथै जिल्लाको मुसीकोट नगरपालिका-१ बाट एक किलाे तीन सय ग्राम कालो रंगको चरेस, एक किलाे ७ सय ग्राम जनावरको सुकुटी र एक थान कस्तुरीको दाँत जस्तो देखिने वस्तुसहित पुथाउत्तरगंगा गाउँपालिका-१० का १९ वर्षीय सिलास बुढालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।