१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ६ मंगलबार १६:१६:००
Read Time : < 1 मिनेट
समाचार

बुढीगण्डकी आयोजनाको मुआब्जा विवाद समाधान नभएको प्रति सांसदले देखाए चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ६ मंगलबार १६:१६:००

नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढीगण्डकीको मुआब्जा विवाद समाधान नभएको प्रति चासो देखाएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले कमिशनको खेलमा राष्ट्रिय गौरवका आयोजना जोखिममा परेको बताइन । 

उनले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनलाई प्रश्न गर्दै भनिन्, ‘बुढीगण्डकी आयोजनाको मुआब्जा विवाद किन समाधान भएन ?’ 
उनले भनिन्, ‘पश्चिम सेती जलविद्युत् आयोजनासँगको सम्झौता खारेज भयो । अब आयोजना नै अलपत्र पदैछ । कमीसनको खेलमा राष्ट्रिय गौरवका आयोजनाहरू जोखिममा पर्ने काम तत्कालन रोक्न के कदम चादिदै छ ?’ 

सांसद संग्रौलाको प्रश्नको जवाफ दिंदै मन्त्री पुनले मुआब्जा निर्धारण भइसकेकोले कुनै विवाद नभएको बताए । 
मन्त्री पुनले भने ‘बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । यसले डुबान गर्ने क्षेत्रहरूको मुआब्जा निर्धारण भइसकेको छ । त्यसैले अहिले कुनै विवाद छैन ।’ 

गोरखातर्फको ८० प्रतिशत र धादिङतर्फको ७० प्रतिशत जग्गा धनीहरूले मुआब्जा प्राप्त गरिसकेको मन्त्री पुनले जानकारी गराउँदै कतिपयले मुआब्जा प्राप्त गर्ने क्रममै रहेको बताए । उनले मुआब्जामा कुनै विवाद नरहेको पनि स्पष्ट पारे ।