मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका रसुवा
२०७६ फाल्गुण ६ मंगलबार १५:५७:००
Read Time : < 1 मिनेट
समाचार

आइसर दुर्घटना हुदाँ ४ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका रसुवा
२०७६ फाल्गुण ६ मंगलबार १५:५७:००

रसुवामा आइसर दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका ५ का चालकसमेत रहेका ४५ वर्षीय खिलप्रसाद भट्टराई, सोही स्थानकै ४२ वर्षिय हेमप्रसाद भट्टराई, जिल्लाको कालिका गाउँपालिका १ राम्चे घर भई हाल नुवाकोट किस्पाङ गाउँपालिका ५ बस्ने ३४ वर्षिय आईतमान तामाङ र ३२ वर्षिय बुटीमायाँ तामाङ रहेका छन् ।

मंगलबार बिहान शन्ति बजारबाट मैलुङतर्फ जाँदै गरेको बा ३ ख ५२२७ नम्बरको खालि आइसर जिल्लाको उत्तरगया गाउँपालिका २ सिम्लेमा सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताए ।

घटनास्थलबाट घाइतेहरुको उद्धार गरी उपचारका लागि नुवाकोट जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।