१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार १५:३५:००
Read Time : < 1 मिनेट
राजनीति

सुर्खेतमा नेकपाको कार्यक्रम जारी, केहीबेरमा प्रचण्डले सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार १५:३५:००

सत्तारुढ नेकपाले कर्णाली प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण जारी छ। कार्यक्रममा मंगलबार दिउँसो प्रदेशका जिल्ला अध्यक्षहरूले रिपोर्टिङ गर्ने क्रम चलिरहेको छ ।

जिल्ला अध्यक्षहरूको रिपोर्टिङ सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अगुवा नेता, कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

‘अहिले जिल्ला अध्यक्षज्यूहरूले रिपोर्टिङ गरिरहनुभएको छ । अब केही घन्टामै पार्टी अध्यक्षज्यूले बोल्नुहुनेछ,’ नेकपा विदेश मामिला विभाग उपप्रमुख तथा केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले बताए ।

नेकपाले जारी गरेको कार्ययोजनाअनुसार भोलि (७ फागुन) सम्म कार्यक्रम चल्ने छ । आज अगुवा कार्यकर्ता भेला छ भने भोलि (बुधबार) बैठकसहित कार्यकर्तालाई प्रशिक्षण गर्ने कार्यक्रम रहने बताइएको छ । 

नेकपाले जारी गरेको कार्ययोजनामा पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड सुर्खेत जाने कार्यक्रम रहे पनि अध्यक्ष ओली सुर्खेत गएनन् । ‘सरकारको दैनिक कार्यसम्पादनका कारण व्यवस्त रहनु भएकाले अध्यक्ष ओली कमरेड यस कार्यक्रममा आउन भ्याउनु भएन,’ कार्यक्रममा उपस्थित पार्टी महासचिव विष्णु पौडेलले भने ।

कार्यकर्ता प्रशीक्षकका रूपमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल सुर्खेत जाने पूर्वतयारी भए पनि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न व्यस्त भएकाले उनकाे ठाउँमा वरिष्ठ नेता माधवकुमार नेपाल सुर्खेत पुगेका हुन् ।