मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार

लोक गायक प्रकाश कटुवाल तनहुँबाट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार १५:०४:००

लोक गायक प्रकाश कटुवाल तनहुँको डुम्म्रेबाट पक्राउ परेका छन् । कटुवाललाई सोमबार राति ज्यानमार्ने उद्योगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एसपी विनोद शिलवालले दिएको जानकारी अनुसार कटुलालले डुम्म्रेस्थित होटल डाँफेका मालिक लालकाजी गुरुङलाई रड प्रहार गरेर घाइते बनाएका थिए ।

गत शुक्रबार एक कार्यक्रमका लागि काठमाडौंबाट पोखरा जाने क्रममा होटल डाँफेमा नास्ता खाएर फर्कने क्रममा बिवाद भएको थियो । गुरुङ र कटुवालबीचको बिवादपछि प्रकाशले प्रतिशोध साध्ने हिसाबले रड प्रहार गरेका थिए ।

रड प्रहारबाट गुरुङको टाउकोमा चोट लागेको छ । घाइते गुरुङकी छोरीले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा कटुवाल पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा पक्राउ परेका हुन् ।

उनीमाथी ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।