मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार १४:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

च्याम्पियन्स लिगमा आज राति दुई खेल हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार १४:०६:००

च्याम्पियन्स लिगमा आजबाट अन्तिम १६ का खेलहरु हुँदै छन् । जसअन्तर्गत आज राति एकै समयमा दुई खेल हुँदै छन् । राति पौने दुई बजे हुने खेलमा इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ला लिगाको चौथो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग खेल्दै छ ।

ग्रुप ई को विजेत बनेर अन्तिम १६ मा स्थान बनाएको लिभरपुलले समूह चरणका ६ खेलमा चार जित, एक बराबरी र एक हार बेहोरेको थियो । त्यस्तै म्याड्रिडले ३ जित, दुई हार र एक बराबरी गरी समूह डी काे उपविजेता भएर अन्तिम १६ मा स्थान बनाएको थियो । 

आजै राति हुने अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्ड र फ्रेन्च क्लब पिएसजी आमनेसामने हुने भएका छन् । बुन्डेस लिगाको तेस्रो स्थानमा रहेको डर्टमन्ड च्याम्पिन्यस लिगको समूह चरणमा तीन जित, एक बराबरी र दुई हार बेहोरेर दोस्रो भएको थियो । त्यस्तै फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पिएसजीले समूह चरणमा ५ खेलमा जित र एक बराबरी खेले समूह विजेता भएको थियो । 

एट्लेटिकाे र लिभरपुलबीचकाे खेल एट्लेटिकाेकाे घरेलु मैदानमा हुनेछ भने  पिएसजी र डर्टमन्डबीचकाे खेल डर्टमन्डकाे मैदानमा हुनेछ ।