मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
२०७६ फाल्गुण ६ मंगलबार १३:१७:००
Read Time : < 1 मिनेट
समाचार

ओली-प्रचण्डको सर्कुलर : अभियानको नाम परिवर्तन, छोट्याइयो अवधि

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ६ मंगलबार १३:१७:००

सत्तारुढ नेकपाले १ चैत्र (२०७६) देखि २०७७ को जेठ मसान्तसम्म ‘पार्टी एकता तथा सुदृढीकरण विस्तार अभियान’ सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार, पार्टी केन्द्रीय कमिटीको गत महिना (१५-१९ माघ) मा गरेको गरेको निर्णय अनुसार नेकपा अध्यक्षद्वयले अभियानको मिति तय गरेका हुन् । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको अन्तरपार्टी निर्देशन-४ (सर्कुलर) मा उपरोक्त मितिमा अभियान हुने उल्लेख गरिएको छ । विस्तृत कार्यक्रम भने अध्यक्षद्वयले ‘केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवदेनमा उल्लेख भए बमोजिम हुने’ अध्यक्षद्वयले बताएका छन् । 

यद्यपी, चैत्र-जेठमा गर्ने भनिएको सो अभियानको नाम अध्यक्षद्वयको प्रतिवेदन र अन्तरपार्टी निर्देशनमा फरक-फरक छ भने समयावधि पनि छोट्ट्याइएको छ । 

राजनीतिक प्रतिवेदनमा ‘पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान’ भनिएकोमा अन्तरपार्टी निर्देशनमा अभियानको नाम ‘पार्टी एकता तथा सुदृढीकरण विस्तार अभियान’ राखिएको छ । आन्तरिक सर्कुलरमा अभियानको अवधि ५ महिनाको हुने भनिएको थियो । तर, सर्कुलरमा छोट्ट्याएर तीन महिना बनाइएको छ । 

राजनीतिक प्रतिवेदनमा अभियान १ फागुन (०७६) बाट सुरु भई असार मसान्त (०७७) मा सम्पन्न हुने र साउन महिनामा अभियानको समीक्षा गरिने उल्लेख थियो ।  

नेकपाले अभियानको नारा पनि केन्द्रीय कमिटी बैठकबाटै तय गरिसकेको छ । बैठकबाट पारित प्रतिवेदनमा नारा ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार – सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ हुने राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।