Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण ६ मंगलबार ११:२०:००
Read Time : < 1 मिनेट
समाचार

सडक निर्माणमा ढिलाइ भएको भन्दै दोलखाबासीले आन्दोलन गर्ने

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ६ मंगलबार ११:२०:००

वर्षौंदेखि सडक निर्माणको जिम्मा लिएर अलपत्र छोडेको भन्दै दोलखाका नागरिकहरुले सडक आयोजना र ठेकेदारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । 

आज बिहान चरिकोटस्थित होटल पावनमा आयोजना गरिएको एक कार्यक्रममा दोलखाका नागरिक अगुवा र सामाजिक संस्थाका प्रमुखहरुको भेलाले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । भेलाले दोलखाका अग्रज पत्रकार एवं नागरिक अगुवा चिरन्जीबी मास्केको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । 

कार्यक्रममा उपस्थित सबैजना सदस्य रहने गरी गठित समितिले लामोसाँघु जिरी सडक आयोजना र सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीबिरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

भारतिय एक्जिम बैंकको सहयोगमा लामोसाँघु जिरी सडक बिस्तार आयोजनाअन्तर्गत मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर सडक २०७२ भदौमा २ वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लागेपनी ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक अलपत्र छ । 

सडक निर्माणको जिम्मा पाएको नेपाली निर्माण व्यवसायी शंकरमाली निर्माण सेवा र भारतीय कम्पनी शकिल हैदरले लिएका थिए । अहिलेसम्म सडक अलपत्र पारेपछि दोलखाका नागरिक अगुवाहरुले यसअघिनै पटक पटक आन्दोलन गर्दै आएका छन् ।