मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण ६ मंगलबार १०:४४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् रिमा विश्वकर्माका फिटनेस सात रहस्य

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ६ मंगलबार १०:४४:००

पछिल्लो समय कमेडी च्याम्पियनकी प्रस्तोताका रूपमा चिनिएकी छिन् सञ्चारकर्मी, मोडेल तथा अभिनेत्री, रिमा विश्वकर्मा । उनी शारीरिक रूपमा पनि फिट सेलेब्रिटी मानिन्छिन् ।  उनको फिटनेसको राज उनकै शब्दमा :
 नियमित जिम
बिहान उठेर करिब दुई घन्टा जिम गर्छु । पहिले जुम्बा नृत्य गर्थेँ। त्यसलाई छाडेर जिम गर्न थालेँ । जिमले शरीरलाई फिट राख्न निकै सहयोग गर्छ ।
 फलफूल र तरकारी धेरै खान्छु
घरमै पकाएको खानेकुरा बढी खान्छु । चिल्लो बढी भएको र सोडा हालेको खाना खान्नँ । त्यसको साटो फलफूल, अन्डा र तरकारी बढी खान्छु ।
 पानी धेरै पिउँछु
पानीले शरीरमा ऊर्जा दिन्छ । प्रसस्त पानी पिउँदा रोग लाग्नबाट पनि बच्न सकिन्छ । म पनि पानी धेरै पिउँछु ।
 साँझ रोटी खान्छु
साँझ सधैँ रोटी, तरकारी र फलफूल खान्छु । बिहान मात्र भात खान्छु ।
 सकारात्मक सोच्छु
हरेक कुरालाई सकारात्मक दृष्टिबाट हेर्छु । दुःख र सुख जिन्दगीका दुई पाटा हुन् । यही कुरा हाम्रो दिमागलाई बुझाउनुपर्छ । मनमा उथलपुथल आउन नदिई सन्तुलनमा राख्नुपर्छ । त्यसपछि सकारात्मक सोचको विकास हुन्छ ।
 प्रेसर महसुस गर्दिनँ
हरेक कुरालाई सहजै लिन्छु । दुःखकै पलमा पनि राम्रो पक्षलाई केलाउने गर्छु । कामलाई कहिल्यै प्रेसरका रूपमा हेर्दिनँ । बरु काममा रमाउँछु ।
 कस्मेटिक कम प्रयोग
कस्मेटिक चिजमा विश्वास गर्दिनँ । सुटिङका वेला हेभी मेकअप गर्नुपर्छ । त्यसैले हरेक १५ दिनमा फेस क्लिनिङ गराउँछु । आफैँ पनि दिनहुँ फेस सफा गर्छु । क्रिम प्रयोग गर्दा अनुहारलाई फाइदा पुर्‍याउने प्रकारको मात्र छनोट गर्छु । खासगरी, प्राकृतिक उत्पादनका क्रिममा रुचि बढी छ ।