१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण ५ सोमबार १४:०५:००
Read Time : > 2 मिनेट
विश्व

जापान यति धेरै सुरक्षित देश कसरी बन्यो ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण ५ सोमबार १४:०५:००

जापानको प्रगतिमा क्यामरा र प्रविधिको भूमिका अहम् मानिन्छ, तर यहाँका जनताको सुरक्षाका लागि प्रविधिलाई मात्रै श्रेय दिन सकिँदैन ।

जापानलाई सुरक्षित देश बनाउन यहाँको कानुन, अपराध रोक्ने खालका नीति र शिक्षा प्रणालीको पनि उत्तिकै भूमिका छ । 

जापान २०१८ को ग्लोबल पिस इन्डेक्सको सूचीमा नवौं स्थानमा थियो । यो सूचीको पहिलो स्थानमा आइसल्यान्ड थियो भने २८ औं स्थानमा चिली थियो । चिली यो सूचीमा पर्ने पहिलो दक्षिण अमेरिकी देश बनेको थियो २०१८ मा ।   

लागूपदार्थ र अपराधसम्बन्धी संयुक्त राष्ट्र संघको एक प्रतिवेदनअनुसार पछिल्लो वर्ष जापानमा एक लाख मानिसमध्ये ०।२८ वटा हत्याको घटना भए । ब्राजिलमा त्यही अवधिमा यो दर ३०।८ रह्यो । 

यो तथ्यांक त पछिल्लो पटकको हो । तर जापानीहरुले गर्न पाएको आरामदायी निद्रा पछाडिको कारण भने प्रहरीको हतियार र अपराधप्रति शून्य सहनशीलताको नीति हो । र, यी सबै नीति–नियम तथा कानुनहरु दुई सय वर्ष पुराना हुन् । 

जापानमा सामुदायिक प्रहरी पनि सक्रिय छ, जसलाई कोबेन भनिन्छ । एउटा कोबेनमा दुई–तीन जना प्रहरी रहन्छन् । उनीहरुको काम भनेको जनतालाई सुरक्षासँग सम्बन्धित जानकारी र सेवा दिनु हो । 

यदि कसैको सामान हरायो वा कुनै समस्या पर्यो भने कोबेनमा उजुरी गर्न सकिन्छ । सार्वजनिक ठाउँमा समस्यामा परेका व्यक्तिको सहयोग यी प्रहरीले गर्छन् । जापानभर ६ हजार ६ सय कोबेन छन् । 

विश्वभर बन्दुकको सबैभन्दा कम प्रयोग गर्ने देश जापान हो । अघिल्लो वर्ष जापानमा २२ वटा अपराधमा बन्दुकको प्रयोग गरिएको तथ्याङ्कबाट देखिएको छ । ती घटनामा तीन जनाको मात्र मृत्यु भएको थियो । त्यही अवधिमा बन्दुकका कारण अमेरिकामा १५ हजार ६ सय १२ को मृत्यु भएको थियो । 

जापानमा अपराध कम हुनुको पछाडि अर्को कारण शैक्षिक प्रणाली हो । जापानको ब्राजिलियन स्कुलकी निर्देशक मयूमी यूमोर भन्छिन्, ‘यहाँ बच्चाहरुलाई सानैदेखि के कुरा सिकाइन्छ भने जुन कुरा उनीहरुको होइन, त्यो आफूसँग राख्नु अपराध हो ।’

यूमोरको स्कुल जासोमा छ । उनका अनुसार प्रहरीले विद्यार्थीलाई धेरै प्रकारका कार्यक्रममा निम्तो गर्छ । प्रहरीले फुटबल प्रतियोगितामार्फत् पनि विद्यार्थीलाई लागूऔषधबारे जानकारी दिन्छन् । 
जापानमा मदिरा सेवन गरेर साइकल चलाउन पाइँदैन । मदिरा पिएर साइकल चलाएको पाइएमा जरिवाना र कैद दुबै सजायँ हुन्छ । जापानमा साइकल चलाउँदा हेडफोन लगाउन, छाता ओढ्न र मोबाइल फोन प्रयोग गर्न पनि निषेध गरिएको छ । 

जापानका नागरिकहरुले यस्ता कानुनी व्यवस्थालाई पालना गर्छन् र देशलाई राम्रो बनाउन योगदान गर्छन् । धेरैजसो घरमा राखिएका पसलमा एक स्टिकर लगाइएको हुन्छ, त्यसमा लेखिएको हुन्छ –कोडोमो ११० ब्यान्ड इन द ले । यसको अर्थ हो, जुन बच्चा खतरामा हुन्छ, त्यसले यो ठाउँलाई सेल्टरको रुपमा प्रयोग गर्न सक्छ । 

साथै प्राथमिक शिक्षाको सुरुवातका ५ वर्षसम्म विद्यार्थीहरुले आफूसँग एक ‘अलार्म’ बोक्छन् र कुनै खतरा महसुस भएमा त्यसलाई बजाउँछन् । जापानमा सडक प्रयोगको कानुन पनि कडा छ । गाडी दुर्घटनामा संलग्नलाई कडा सजायँ दिइन्छ । 

सन् १९७० मा एउटा निकै कडा कानुन बनाइयो । तर सन् १९७० मै कारको संख्या यति बढ्यो कि, दुर्घटनाबाट १६ हजार ७ सय ६५ जनाको ज्यान गयो । यसैको कारण जापानमा कडा दण्डनीय कानुन लागू गरियो ताकी यी नियम कानुनको पालनाबाट सडक दुर्घटना कम होस् । 

जापानमा मादक पदार्थ सेवन गरेर गाडी चलाउनलाई जेल सजाय हुन्छ । 

जापानमा हतियार किन्न संयमका साथ लामो समयसम्म प्रतीक्षा गर्नुपर्छ । यसका लागि एक दिनको कोर्स समेत लिनुपर्छ । त्यसअन्तर्गत हतियार किन्न चाहने व्यक्तिले परीक्षा दिनुपर्छ र दोस्रो चरणमा निशाना लगाउन सक्नुपर्छ । यो कोर्समा जुन व्यक्तिले ९५ प्रतिशत सही जवाफ दिन्छ, उसले मात्रै हतियार राख्ने अनुमति पाउँछ । 

यतिमात्र होइन त्यो व्यक्तिको मनोवैज्ञानिक र एन्टी डोपिङ टेस्ट पनि गराइन्छ । प्रहरीले बन्दुक खरीद गर्नेहरुको रेकर्ड जाँच गर्छ र अन्तिम स्वीकृति दिन्छ ।

- (बीबीसीबाट