मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण ५ सोमबार १३:३३:००
Read Time : > 1 मिनेट
समाचार

‘सरकार फेर्न षड्यन्त्र गर्ने को हुन् ? प्रधानमन्त्रीले जानकारी दिनुपर्छ’ : कमल थापा

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण ५ सोमबार १३:३३:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो सरकार गठन भएको दुई वर्षमै सरकार संकटमा पर्नुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले जनता सामु बताउनुपर्ने बताएका छन् । 

सोमबार पोखरामा मिडिया नेपालको केन्द्रीय कार्य समिति बैठक तथा गण्डकी प्रदेश घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले अफ्नै गृह जिल्ला झापामा वर्तमान सरकार परिवर्तन गर्न र अस्थिरता निम्त्याउन देशी विदेशी शक्ति लागि परेको बताएकाले ति देशी विदेशी शक्ति को हुन् ?, त्यो सार्वजनिक गर्नुपर्ने उनको धारणा थियो । 

कमजोरी कुनै दल होइन, राजनीतिक प्रणालीको दोष हो
थापाले जुनसुकै व्यक्ति र जोसुकैले सरकारको नेतृत्व गरेपनि अहिलेको अवस्थामा सोचे अनुरुपको काम गर्न नसक्ने धारणा राखे । २०६२÷०६३को आन्दोलनले ल्याएको परिवर्तन नै खोटपूर्ण रहेकाले चाहेर पनि यो राजनीतिक प्रणालीमा कसैले राम्रो काम गर्न नसक्ने उनले बताए । 

पछिल्लो परिवर्तनको बाटो गलत रहेकाले चालक राम्रो भएपनि गन्तव्यमा पुग्न नसक्ने उनको भनाई छ । ‘पछिल्लो परिवर्तनको बाटो नै गलत छ, यसका चालक असल भएपनि गन्तव्यमा पुग्न कठिन छ’ उनले भने । 

देशमा दुई शक्ति 
राप्रपा अध्यक्ष थापाले देशमा अहिले दुईवटा शक्ति रहेको बताए । त्यसमा एउटा शक्ति कांग्रेस र कम्युनिस्ट अनि अर्को शक्ति भनेको राप्रपा रहेको बताए । कम्युनिस्ट कांग्रेसको विकल्प आफ्नो पार्टी रहेको समेत उनले बताए ।

राप्रपा प्रतिगामी पार्टी नरहेको जिकिर गरेका उनले परिवर्तनकारी मुल्य मान्यता र परम्परागत मुल्य मान्यताको समिश्रण नभई राजनीतिक स्थिरता नआउने तर्क गरे । 

‘अगामी निर्वाचनमा अप्रत्यासित नतिजा’
पछिल्लो आम निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेको राप्रपाले अगामी निर्वाचनमा अप्रत्यासित नतिजा ल्याउँदै प्रमुख तीन राजनीतिक शक्ति भित्र पर्ने तयारी गरिरहेको अध्यक्ष थापाले बताए । अगामी २०७७ भदौमा पार्टीको महाधिवेशन गर्ने र त्यस अगाडि ७ सय ५२ वटै स्थानीय तहमा संगठन विस्तार गर्ने उनको भनाई थियो ।

पार्टी गत निर्वाचनमा दुई लाख प्लस मत ल्याएको र ८० हजार मत नपुग्दा राष्ट्रिय पार्टी बन्न नपाएको सुनाएका उनले आगामी निर्वाचनसम्म आफ्नो पार्टीका तीन लाख सक्रिय सदस्य नै बनाउने उद्घोष गरे ।