Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ फाल्गुण ५ सोमबार १२:४६:००
Read Time : < 1 मिनेट
राजनीति

३२ जिल्लाका स्थानीय तहमा कांग्रेसले टुंग्यायाे समायोजन

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ५ सोमबार १२:४६:००

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना समायोजन कार्यलाई तीव्रता दिएको छ । २९ फागुनमा बसेको केन्द्रीय कार्यसमितिको निर्णयअुनसार कांग्रेसले बाँकी रहेको समायोजन कार्यलाई अघि बढाउने भएको हो। 

यही १५ फागुनसम्म समायोजनको काम सक्ने मिति उक्त बैठकले तोकेको थियो । कांग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रको समायोजन र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रको समायोजन गत भदौ (२०७५) मा नै सकेको थियो । 

३२ वटा जिल्लाका स्थानीय तहमा समायोजनको प्रक्रियाले पूर्णता पाएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बाँकी २५ वटा जिल्लाको पनि समायोजन प्रक्रिया सकिएको तर पार्टी केन्द्रीय कार्यालयमा आधिकारिक जानकारी आउन बाँकी रहेको उनले बताए । 

केन्द्रीय सदस्यलाई जिल्ला पठाइने

निर्धारित मिति (फागुन १६) सम्म समायोजन नसकिए केन्द्रीय सदस्यलाई जिल्ला पठाएर समायोजन कार्य सक्ने पनि मुख्यसचिव पौडेलले जानकारी दिए ।