१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कुन्दन बिम्ब, उपाध्याक्ष, बिजनेस डेभलपमेन्ट एन्ड प्लानिङ, सागर ग्रुप
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १२:०२:००
Read Time : < 1 मिनेट
प्रविधि

ट्यांक प्रिन्टरमा आकर्षण : कुन्दन बिम्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १२:०२:००

मेलामा ब्रदर कम्पनीको ट्यांक मोडलमा एथ्री प्रिन्टर सार्वजनिक गरेका छौँ । यो प्रिन्टर ब्रदरको पहिलो हो । यसमा कार्टेज हालिरहनुपर्दैन । ट्यांक सिस्टममै रिफिलिङ हुन्छ । यसमा प्रोफेसनलजस्तो कुनै डकुमेन्ट छिटो प्रिन्ट गर्ने फङ्क्सन थपिएको छ ।

यसमा उच्च रिजोलुसनको प्रिन्ट लो कस्टमा हुन्छ । वाइफाई पनि हुने भएकाले अन्य डिभाइसबाट सीधै प्रिन्ट गर्न सकिन्छ । योभन्दा पहिले हामीले कोनिका मिनोल्टा ब्रान्डको यस्तै प्रिन्टर ल्याएका थियौँ । दुवै जापानिज कम्पनी हुन् । 

त्यस्तै, हामीले पी ४५०० मोडेलको मल्टी फङ्क्सन डिभाइस पनि सार्वजनिक गरेका छौँ । त्यसमा दुई साइड प्रिन्ट गर्न मिल्छ । त्यस्तै, स्क्यान, कपी, फ्याक्स एडिएफ प्रविधिमा गर्न मिल्छ । एडिएफ भनेको अटोमेटिक डकुमेन्ट फ्रिडम हो । त्यस्तै, ४००० डिडब्लू प्रिन्टर छ । तर, यो प्रिन्टर मात्र हो । यसमा मल्टी फङ्क्सन छैन । यी उत्पादनको राम्रो प्रतिक्रिया आएको छ । 

हामीले कास्पस्र्की एन्टी भाइरस पनि ठूलो छुटमा दिइरहेका छौँ । हामीले यसमा ५० देखि ५५ प्रतिशतसम्म छुट दिएका छौँ । त्यस्तै, अवलोकनकर्तालाई नयाँ–नयाँ अफर पनि ल्याएका छौँ ।