१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण ५ सोमबार १०:५२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

गण्डकी प्रदेश सरकारको दुई वर्ष : दुई सय १४ मुख्य उपलब्धि 

प्रतिपक्ष भन्छ, ‘कुरा मात्र मिठो’

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण ५ सोमबार १०:५२:००

गण्डकी प्रदेश सरकार आफनो स्थापनाको दोस्रो वार्षिकोत्सव आइतबार मनाएको छ । प्रदेशका मुख्यमन्त्री पुथ्वीसुब्बा गरुङले ४ फागुन ०७४ का दिन प्रदेश प्रमुख बाबुराम कुँवरवाट पद तथा गोपनियताको सपथ खाएको दिनलाई प्रदेशको वार्षिकोत्सव सँगै स्थापना दिवसको रूपमा मनाएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री सँगै प्रदेश सांसद, कर्मचारी सर्वसाधारण लगायतको उपस्थिति थियो ।

यसैबीच कार्यक्रममा सरकारले दुई वर्षकाे अवधिमा गरेका केही महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेकाे छ । 

स्थापनाको दुई वर्षको अवधिमा ऐन नियम गरी ३२ वटा कानुन निर्माण गरेको छ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा पुँजीगत तर्फको १९ अर्ब ८४ करोड ९० लाख २० हजार बजेटमध्ये सरकारले २० प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

प्रदेशको राजधानी र नाम तोक्ने, पञ्चवर्षीय योजनाको आधारपत्र तयार,

गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षालय स्थापनाको काम अघि बढेको,

प्रदेश लोक सेवा आयोग गठनको कार्य अन्तिम चरणमा,

वितरण र उपभोगको बानी बसाउन स्याङ्जाको राम्दी र तनहुँको दमौलीमा द्रुत विषादी अवशेष परीक्षण केन्द्र स्थापना,

१० वटा स्थानीय तहहरुमा प्रहरी चौकी तथा कार्यालय निर्माण कार्य भइरहेको,

खानेपानीको पहुँच पु¥याउन ‘एक घर एक धारा’ अभियान र उज्यालो प्रदेश बनाउने घोषणाअनुसार उज्यालो प्रदेश अभियान सञ्चालन एवं कार्यान्वयन,

काठे पुललाई स्टिल पुलले विस्थापन गर्ने अभियानलाई तीव्रता,

पुणिटारमा औद्योगक क्षेत्र स्थापना गर्ने कार्य अघि बढेको, 

६ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनाको कार्य अगाडि बढेको, 

फेवातालमा सिल्टेशन बाँध र फेवातालको ड्यामसाइडमा माछापुच्छ्रेको छायाँसँगै झण्डाको छायाँसमेत देखिने गरी नेपालको झण्डा निर्माण गर्ने कार्य अघि बढेको, 

प्रदेशको विकास र समृद्धिको लागि आर्थिक वर्ष ०८०÷०८१ सम्म बहुआयामिक गरिबी १४.२ प्रतिशतबाट ७ प्रतिशतमा झार्ने र प्रदेशको वार्षिक औसत आर्थिक वृद्धिदर १०.२ प्रतिशत र्पुयाउने लक्ष्यका साथ काम अघि वढाएको, 

सन् २०३० सम्मको दिगो विकास लक्ष्यका मार्गचित्र तयार, 

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारमा सिफारिस 

४४ वटा पर्यटकीय गन्तव्य छनोट गर्ने कार्य अगाडि बढाइएको, 

पोखराबाट अन्य प्रदेशका राजधानीलाई हवाई उडानबाट जोड्नका लागि काम अघि बढाएको,

प्रदेशभित्रका विभिन्न जिल्लामा ५०.३ किलोमिटर बराबरका ५७ वटा पदमार्गको निर्माण,

कालीगण्डकीको उद्गमस्थल दामोदरकुण्डदेखि गजेन्द्रमोक्षधामसम्मको अवस्थितिको आकृति झल्किने गरी ५० मिटर लामो सुरुङ निर्माणलाई सरकारले दुई वर्षको उपलब्धिको रुपमा लिएको छ । 

तीन वर्षमा प्रदेशलाई मुख्य मुख्य उत्पादनमा आत्मनिर्भर बनाउने र पाँच वर्षमा प्रदेशको खाद्यान्न उत्पादन दोब्बर बनाउने, 

२८६ मोडेल फार्म विस्तार र थप १२१ मोडल फार्मको विस्तारको काम अघि बढेको, 

प्रांगाारिक मल उत्पादनका लागि मल कारखाना सञ्चालनमा ल्याइएको, 

स्याङजाको अर्जुनचौपारी र गोरखाको अजिरकोट गाउँपालिकामा वैज्ञानिक वस्ती विकासको कार्य अगाडि बढाइएको, 

गोरखा, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लाका ७ वटा स्थानीय तहका ११६० घरधुरीमा ७५ प्रतिशत सहुलियतमा सोलार प्यानल जडान, 

काठे पोल विस्थापन गर्ने नीति अनुरुप ९ हजार ४ सय ५० वटा पुराना जीर्ण काठे पोललाई स्टिल पोलले प्रतिस्थापन गर्ने कार्य अघि बढेको, 

कुस्मा, फलेवास र पुतलीबजार नगरपालिकालाई स्याटलाइट सिटीको रुपमा विकास गर्ने कार्य सुरु गरिएको, 

जनता आवास कार्यक्रम अन्तर्गत १ हजार ३ सय २० घर निर्माण गरी हस्तान्तरण गरिएको, ९५ आधारभूत विद्यालय र १ सय ८१ माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब तथा १ सय ४१ माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला, 

४१ प्राविधिक विद्यालयमा कम्प्युटर ल्याव सँगै शैक्षिक सामग्री तथा शैक्षिक उपकरण व्यवस्थापन, 

१० जिल्लाका २७ सामुदायिक क्याम्पसको स्तरोन्नति, 

प्रदेशको विपद् जोखिम क्षेत्र पहिचान र वैज्ञानिक नक्सांकन गरिएको, चीनको हाइनान प्रान्तसँग भगिनी सम्बन्ध स्थापना गरेको, 

यसैबीच प्रदेश सरकारको दुई वर्षे कार्यकालबारे बोल्दै प्रदेश प्रमुख अमिक शेरचनल निमुखा र विपन्न जनताको जीवस्तर सुधारका लागि गरिएको उपलब्धि ठूलो विषय भएको बताएका छन् ।

त्यस्तै मुख्यमन्त्री गुरुङले देशमा संघीयता लागु भएसँगै देश सही बाटोमा हिँडेको बताएका छन् । उनले भने, ‘जुन गतिमा प्रदेश सरकारले काम गर्नुपर्ने हो गर्न सकेको छैन । संघ सरकारले अधिकार हस्तान्तरणसँगै आवश्यक बजेट नदिँदा सरकारको गतिमा केही कमी भएको छ ।’उनले अझै धेरै अधिकार अझै पनि केन्द्रले हस्तान्तरण नगरेका कारण समस्या भएको बताए । 

त्यस्तै प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले सरकारले मिठो कुरा गरे पनि व्यवहारमा त्यसलाई लागु गर्न भने गर्न नसकेको आरोप लगाए । ‘प्रदेश सरकार छ भन्ने सँगै यसको प्रभावकारिता र उपयोग छ भनी जनताले भन्ने अवस्था आउने गरी सरकारले काम गर्नुपर्छ ।

सरकारको सफलता असफलता पार्टीगत रूपमा छुट्टै होला तर व्यवस्थागत रूपमा हामी सबैसंग जोडिएकोले सबै एक भएर अघि बढ्न आवश्यक छ,’ पोखरेलले अन्य प्रदेशको तुलनामा गण्डकीले नमुना ग-यो भन्ने गरी सरकारले काम अघि बढाउनुपर्ने वेला आएको बताए ।