१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ५ सोमबार ०६:५४:००
Read Time : < 1 मिनेट
अर्थ

इ–सेवा मनी ट्रान्सफरबाट पठाएको रकम सिटिजन्सबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ५ सोमबार ०६:५४:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इ–सेवा मनी ट्रान्सफर प्रालिबीच विप्रेषण रकम भुक्तानीसम्बन्धी सहकार्य भएको छ । सहकार्यसँगै इ–सेवा मनी ट्रान्सफरमार्फत विदेशबाट पठाएको रकम सिटिजन्स बैंकका नेपालभरका सबै शाखामार्फत भुक्तानी लिन सकिने बताइएको छ । 

हाल बैंकले देशभर ८९ शाखा, ९० एटिएम र १०३ शाखारहित बैंकिङ एकाइमार्फत  वित्तीय सेवा दिँदै आएको छ ।  घरबाटै वित्तीय सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनासमेत सञ्चालनमा ल्याएको बैंकले भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पिओएस मेसिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता)योजनासमेत सञ्चालन गरेकोे छ ।