१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ फाल्गुण ५ सोमबार ०९:५८:००
Read Time : < 1 मिनेट
समाचार

मान्छे मारेर भागेका चालक ५ दिनपछि पक्राउ

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ५ सोमबार ०९:५८:००

मिनी ट्रकले ठक्कर दिएर पैदल यात्रुको मृत्यु भएपछि भागेका चालकलाई  पाँच दिनपछि प्रहरीले पक्राउ गरेको छ । 

२९ माघको बिहान मण्डनदेउपुर नगरपालिका-३ बल्देउ टोलका सन्तबहादुर तामाङ मृत अवस्थामा भेटिएका थिए । सवारी साधनको ठक्करबाट तामाङको मृत्यु भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

अनुसन्धानका क्रममा बा. ४ ख ६ नम्बरको मिनिट्रकले तामाङलाई ठक्कर दिएको पत्ता लागेपछि प्रहरीले मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ । 

चालक सोही स्थानकै नेत्रप्रसाद बजगाईले आफुले चलाएको मिनी ट्रकको ठक्करबाट तामाङको मृत्यु भएको स्वीकारेपछि उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिए ।