मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका दार्चुला
२०७६ फाल्गुण ५ सोमबार ०८:५५:००
Read Time : < 1 मिनेट
समाचार

कालापानी अवलोकन गर्न सेनाको हेलिकोप्टरमा उडे उपप्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका दार्चुला
२०७६ फाल्गुण ५ सोमबार ०८:५५:००

कालापानी क्षेत्रको अनुगमन गर्नका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाली सेनाको हेलिकोप्टरमा उडेका छन् । सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री  पोखरेल सोमबार बिहान साढे आठ बजे त्यसतर्फ उडेका हुन् ।  

ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न  मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।