मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका बुटवल
२०७६ फाल्गुण ४ आइतबार १७:०१:००
Read Time : < 1 मिनेट
समाचार

बुटवलका घरघरमा डिजिटल नम्बर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बुटवल
२०७६ फाल्गुण ४ आइतबार १७:०१:००

बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घर नम्बरिङ गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्दै पूरा भएका घरमा नम्बर टाँस्ने काम सुरु गरेको छ । 

बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’ बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँसेर सुभारम्भ गरे । बुटवल ८ राजमार्ग चौरहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए००२’ २०५६ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै नम्बरिङको शुभारम्भ गरिएको हो । 

उपमहानगरको वस्तुगत विवरणसंगै प्रत्येक घरको डिजिटल प्रविधिबाट नम्बरिङले योजना तर्जुमा, कार्यान्वयन र थप अध्यय्नका लागि उपयोगी हुने उनले बताए ।  उपमहानगरभित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको सुवेदीको भनाइ छ ।

सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवा केन्द्रहरु, सार्वजनिक क्षेत्र, सडक, विद्यालदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्ने गरि ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको प्रमुख सुवेदीले बताए ।

१ देखि ११ वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’ बाट नम्बरिङ पूरा गरिएको र दोस्रो चरणमा वडा १२ देखि १९ मा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’ बाट नम्बरिङ सुरु गरिने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ भएको र कर पनि वडा कार्यालयबाटै तिर्ने व्यवस्था मिलाइएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बुटवल उपमहानगरपालिकालाई प्रबिधिमैत्री बनाउन प्रयास भइरहेको बताए । बुटवल उपमहानगरपालिकाको वडा नम्बर ६, ७ र ८ का घरहरुमा नम्बर प्लेट टाँसिएको छ ।