१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ फाल्गुण ४ आइतबार १०:४१:००
Read Time : > 1 मिनेट
नयाँCity

सर्ट मुभीमा दर्शक बढी : केकी अधिकारी

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण ४ आइतबार १०:४१:००

सर्ट मसभी संवाद 

मैले ‘सावित्री’, ‘नेभर माइन्ड’ र ‘वान डे इन लाइफ अफ अ कन्भिक्ट’ गरी तीनवटा सर्ट मुभी (लघु चलचित्र)मा अभिनय गरेँ । सन् २०१६ मा बनेको ‘सावित्री’मा टाइपिस्टको जागिर खाने एक विवाहित युवतीको कथा छ । एक सहकर्मी युवक त्यस युवतीको नजरमा पर्छ, जो उसलाई क्यान्टिनमा देख्दा एकोहोरो हेरिरहन्छ । 

उसको श्रीमान् बेरोजगार हुन्छ । घरमा आर्थिक अभाव हुन्छ । र, आफूलाई हेरिरहने त्यो युवक विवाहित रहेको थाहा पाउँदा उसको श्रीमान्ले पनि जागिर पाइसकेको हुन्छ । र, त्यतिमै फिल्म सकिन्छ । हालसम्म यस सर्ट मुभीले युट्युबमा सात लाख ५३ हजारभन्दा बढी भ्युज पाएको छ ।

राम्रो सर्ट मुभीले कुनै फिचर फिल्मको भन्दा बढी दर्शक पाउँछ । चलचित्र निर्देशनदेखि अन्य फिल्मी कला सिक्नेका लागि ‘सर्ट फिल्म’बाट उपलब्धि हासिल हुन्छ।

त्यसपछि सन् २०१७ मा ‘नेभर माइन्ड’मा काम गरेँ । यसमा एक मनोरोगीको कथा छ, जो गहिरो सोचमा डुबेपछि कल्पनाको आघात उडान भर्छ । आफ्नो वरिपरि हुँदै नभएका घटना उसको दिमागमा आउँछन् । यस्तै, सन् २०१८ मा ‘वान डे इन लाइफ अफ अ कन्भिक्ट’ नामक सर्ट मुभीमा काम गरेँ ।

०४६ सालको जनआन्दोलनको सेरोफेरोको कथा यसमा छ । तीमध्ये एकजना कुनै अपराधमा दोषी ठहर भएको व्यक्ति हुन्छ । अरू दुई पात्र राजनीतिकर्मी र चुलोचौकामै सीमित गृहिणी हुन्छन् । मैले गृहिणीको भूमिकामा अभिनय गरेकी छु ।

‘सावित्री’ले ‘एकादेशमा’ फिल्म फेस्टिभलमा उत्कृष्ट ‘सर्ट मुभी’को उपाधि जित्यो । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि दर्शकको नजरमा प¥यो । अरू सर्ट मुभीले पनि राम्रो प्रतिक्रिया पाइरहेका छन् । राम्रो सर्ट मुभीले कुनै फिचर फिल्मको भन्दा बढी दर्शक पाउँछ । ‘सर्ट फिल्म’बाट चलचित्र निर्देशनदेखि अन्य फिल्मी कला सिक्न पाइन्छ ।

हुन त हलमा देखिने कलाकारहरू अन्य समयमा सहज रूपमा सार्वजनिक हुनुहुँदैन भन्ने अवधारणा विश्वकै फिल्म बजारमा व्याप्त छ । तर, मलाई त्यस्तो लाग्दैन । कथाको अवधिभन्दा त्यसको भाव कति वजनदार छ भन्ने मुख्य पक्ष हो । त्यो चाहे फिचर फिल्म होस् या सर्ट मुभी । मैले त सर्ट मुभी मात्र होइन, नाटक र प्रहसन पनि गरेकी छु ।

नेपाली सिने बजारको कुरा गर्दा महिला कलाकारले राम्रो पारिश्रमिक नपाउने गरेकाले आफ्नो आर्थिक पक्ष पनि हेर्नुपर्छ । सर्ट मुभी र म्युजिक भिडियोमा अभिनय गर्नुमा यो पाटो पनि जोडिएको हुन्छ । तर, ‘सावित्री’मा काम गरेबापत मैले पारिश्रमिक लिइनँ । त्यो मेरो आत्मसुन्तष्टिका लागि थियो ।

राम्रो कन्टेन्ट प्राप्त भएमा सर्ट मुभीमा भविष्यमा पनि अभिनय गर्नेछु । र, आफैँ पनि सर्ट मुभी बनाउने सोचमा छु । ‘सर्ट मुभी’को सुटिङ एक–दुई दिनमै सकिन्छ । कुनै फिचर फिल्मको सुटिङ सकेर बसेको समयमा यस्ता फिल्मका लागि समय दिन सकिन्छ ।