पानीजहाज आयो !

व्यंग्य

२०७५ माघ ५ शनिबार ०७:४५:०० | काठमाडाैं

उहाँले काठमाडौं टु बुध ग्रह ‘टुटल’ एपमार्फत सीधै मोटरसाइकल लिफ्ट सेवा चलाउने कुरा गर्न‘भएको थिएन । न त ‘पठाओ’ मार्फत स्कुटरमा मान्छे हालेर चन्द्रमामा पठाउने कुरा गर्न‘भएको थियो । मंगल ग्रहमा मार्सी धानको ब्याड राखेर बृहस्पतिमा रोपाइँ गर्ने कुरा पनि गर्न‘भएको थिएन । न त अन्टार्टिकाको बाँझो आइसल्यान्ड जोतेर बदाम लगाउने नै योजना थियो । आकाश गंगाको पानीलाई डुँडबाट खसालेर ब्रह्माण्डमा घट्ट थाप्नेजस्ता असम्भव योजनाको उहाँले कुरै गर्न‘भएको छैन । साँच्चै र विनापूर्वाग्रह भन्ने हो भने उहाँले असम्भव योजना कहिल्यै बनाउनुभएन । बतासे गफ कहिल्यै हान्नुभएन । जे सम्भव छ, त्यही मात्रै कुरा गर्न‘भयो । 

पाखुरामा दुईतिहाइको बल हुँदाहुँदै पनि उहाँले सुशासन दिनेजस्ता असम्भव दुस्साहसको पछि लाग्नुभएन । किनभने, असम्भव कामको पछि कुद्नु भनेको समयको बर्बादीसिवाय केही होइन । उहाँले निर्वाचनमा मतदातासामु गर्न‘भएको वाचा र घोषणापत्रमै उल्लेख गर्न‘भएका कुराहरू पनि पूरा गर्न तत्परता देखाउनुभएन । किनभने, घोषणापत्रजस्तो बतासे ग्रन्थलाई वास्तविक जीवनमा उतार्छ‘ भनेर लाग्नु झुटसिवाय केही होइन । ढाँट र छलसिवाय केही होइन । उहाँ जनतालाई ढाँट्न छल्न चाहनुहुन्न । जे गर्न‘हुन्छ, यथार्थको धरातलमा उभिएर मात्र गर्न‘हुन्छ । जे भन्नुहुन्छ, पूरा गर्न सकिने कुरा मात्रै भन्नुहुन्छ । 

‘निर्मलालाई न्याय देऊ !’ भनेर जतिसुकै उफ्रिऊन्, उहाँ न्याय दिनतर्फ लाग्दै लाग्नुभएन । न्याय भन्ने नि कुनै सम्भव कुरा हो र ? असम्भव र तार नलाग्ने कुरामा खेर फाल्ने समय राज्यसँग कहाँ छ ? असम्भव प्रयत्नले निराशा मात्र हात लाग्छ, सम्भव प्रयत्नले उन्नति प्रगति निम्त्याउँछ । सम्भव त पीडकलाई नै न्याय दिन थियो, पुलिस प्रशासन दाम्लो छिनाएर लागेको नै थियो । जो लागी नै रहेको छ । उहाँ पीडितलाई न्याय दिनेजस्तो हावादारी कुरामा लाग्नु नै भएको छैन । 

एकजना डाक्टर बूढा अनशन बसेकाबस्यै छन् । जसको सोह्रौँ भागमा आइपुग्दा उनी जीवन–मरणको दोसाँधमा छन् । हरेकपटकको अनशनमा हरेकपटकको सरकारले झैँ उहाँले पनि चिकित्सा शिक्षा सुधारको माग पूरा गर्न सकिन्छ भन्नुभयो । किनभने पूरा गर्न सकिन्छ भन्नु, पूरा गर्छ‘ भन्नु असम्भव कुरा होइन । यहाँबाट अझै अघि बढेर अनशनसमेत तोडाउनुभयो । जुस खुवाउनुभयो । जो सकिन्थ्यो । सकिने र सम्भव हुने कुरा त जो थियो, त्यो गर्न सरकारले कुनै आनाकानी नै गरेन ।

आखिर एक सत्याग्रही यसरी जीवन–मरणको दोसाँधमा पुगेको उनी कसरी पो हेरिरहन सक्थे ? सम्भव थियो । दुई–तीन हप्ताकै अनशनमा गरी नै दियो । जहाँसम्म माग पूरा गर्ने सवाल थियो, असम्भव कुराको पछि कुद्ने उहाँको बानी नै थिएन । मेडिकल शिक्षामा सुधार पनि कुनै सम्भव कुरा हो ? मार्सी भातको डाइटले त्यो थेग्छ ?

एक मन्त्रीले केही पहिले भन्नुभएको थियो, ‘आयल निगममा जताततै भ्वाङ रहेछ, टाल्दाटाल्दै हैरान भइयो ।’ भ्वाङ फेरि आयल निगममा मात्रै कहाँ र ? सडकमा हेर्न‘स्, सडकमै जहीँतहीँ भ्वाङ । सरकारमा हे-यो सरकारमै भ्वाङ । सडक किनारमा टाँगिएका उहाँको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को बोर्डमै भ्वाङ । अझ वाइडबडी ल्याउँदा त यत्रो भ्वाङ परेछ कि परेको भ्वाङबाट चार अर्बै गायब ! कर्मचारीतन्त्र हे-यो भ्वाङैभ्वाङ, केन्द्र, प्रदेशदेखि स्थानीय निकायसम्म भ्वाङैभ्वाङ ।

अरू त अरू, बुद्दिजीवीहरूले दाँत मुठार्ने हुँदा काटेर उहाँको कोटमै भ्वाङ । पार्टीमै फेरि नेपाल भ्वाङ, नेपाल टाल्यो गौतम भ्वाङ । गौतम टाल्यो झलनाथ भ्वाङ । तोइट !भ्वाङ टाल्दाटाल्दै आजित भएर उहाँले निष्कर्ष निकाल्नुभयो, ‘भ्वाङ टाल्नु कुनै सम्भव कुरा होइन ।’ त्यसपछि कानको भ्वाङ फेला पार्न‘भयो । त्यही टाल्नुभो र बस्नुभो । 

अचेल उहाँले कुनै भ्वाङ टाल्ने कुरा गर्न‘भएको छैन । उहाँले सम्भव मात्रैकुरा गर्न‘भएको छ । केही वर्ष पहिले चुलाचुलामा ग्यासको पाइप पु¥याउने कुरा गर्न‘भएको थियो । मान्छेले असम्भव भनेर उडाए । पछि त्यही ग्यास (हावा)बाट बिजुली निकालियो । पाइपलाई तारमा परिणत गरियो र चुलाचुलामा बिजुलीको तार पु¥याउने घोषणा गरियो । घोषणामुताबिक अहिले चुलाचुलामा बिजुलीको तार छ । हिटर जोडी हेर्न‘स् । बल्छ ।

नेपाल जलस्रोतको धनी देश । पानीको छेलोखेलो । अब पानीको छेलोखेलो भएको मुलुकमा सम्भव भनेको पानीजहाज थियो । उहाँले त्यही ल्याउँछु भन्नुभयो । मान्छेले उडाए । अब पानीको छेलोखेलो भएको मुलुकमा पानीजहाज नल्याएर मरुभूमिजहाज ल्याउने त ? उँट ल्याउने त ?

पानीजहाज अब चैँ लगभग आइनै सकेको छ । पानीका लागि मेलम्ची आउन आँटिहाल्यो । जहाजका लागि वाइडबडी आइहाल्यो । कमी थियो पानीजहाज कार्यालयको, त्यही पनि उद्घाटन भइहाल्यो ।

अब आयो ।

पानीजहाज आयो ।

प्रतिकृया दिनुहोस