मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण ४ आइतबार ०८:२९:००
Read Time : < 1 मिनेट
समाचार

कुपोषण हटाउने प्रतिबद्धता 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ४ आइतबार ०८:२९:००

सिद्ध-कुमाख गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाले बालबालिकाको पोषण सुधारका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । दुई वर्षमुनिका बालबालिका र आमाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरी कुपोषण हटाउने अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

ढोरचौरमा गरिएको एकीकृत स्वास्थ्य पोषणको दिगोपनासम्बन्धी गोष्ठीमा गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले कुपोषण अन्त्य गर्ने गरी अभियान चलाउने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले कुपोषणको चक्र तोड्न लिखित प्रतिबद्धता जनाएका छौँ,’ उनले भने, ‘अब पोषण, स्वास्थ्य, कृषि र सरसफाइका योजना बनाएर अगाडि बढ्नेछौँ ।’

पोषण सुधारका लागि गाउँपालिकाले उपाध्यक्ष पुष्पाकुमारी बोहरालाई पोषण दूत बनाएको छ । गर्भास्थादेखि नै विशेष ध्यान पु¥याउनुपर्ने भएकाले गर्भवती र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले उपाध्यक्षलाई पोषण दूत बनाइएको अध्यक्ष चलाउनेले जानकारी दिए ।