१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण ३ शनिबार २१:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कम्युनिस्ट पार्टीको उपलब्धी हाँसाे लाग्दाे रहेछ – विमलेन्द्र निधी 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ३ शनिबार २१:२८:००

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले सरकार संघीयता र लोकतन्त्र विरोधी हुँदै गएकाे बताएका छन् । उनले सरकार संघीयताको सुदृढिकरण र लोकतन्त्रको रक्षाका लागि कुनै काम गर्न नसकेको बताएका हुन् । पार्टीकाे बागलुङ क्षेत्र नं. १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई वर्षमा पनि सरकार संघीयताको सिद्धान्तअनुरुप चल्न नसकेको टिप्पणी गरेका हुन् । 

‘प्रधानमन्त्री केपी शर्मा ओली सरकारको आज दुई वर्ष पुगेको दिन,' उपसभापति निधीले भने, ‘मैले पनि के रैछ त प्रगति भनेर राम्रोसँग सुनेँ । उहाँको मुख्य प्रगति भनेको त दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्ने रैछ । यो त निकै हाँसाे लाग्दाे प्रगति रहेछ । प्रधानमन्त्रीले आफू कुर्चीमा टिकिरहेको नै उपलब्ध ठान्नुहुन्छ भने जनता के को आशा गर्ने ।’

यस्तै, निधीले सरकारका उपलब्धी भनेको प्रेस र अभिव्यक्तिको स्वतन्त्रतालाई निषेध गर्नु रहको जिकिर गरे । उनले कांग्रेस मात्र लोकतान्त्रिक र प्रजातान्त्रिक पार्टी भएको उद्योष गरे । पछिल्लो समयमा कम्युनिस्ट हामी लोकतन्त्रवादी हौँ भन्दै हिड्छन । उनले आफ्ना कार्यकर्तालाई संघीयाताको सिद्धान्तअनुसार स्थानीय तहसम्म आफ्नो संगठनलाई बलियो बनाउन आग्रह गरेका थिए ।