मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका गोरखा
२०७६ फाल्गुण ३ शनिबार २०:०१:००
Read Time : < 1 मिनेट
समाचार

विप्लवका जिल्ला सेक्रेटरीसहित दुई कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका गोरखा
२०७६ फाल्गुण ३ शनिबार २०:०१:००

गोरखामा नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरीसहित दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

गण्डकी गाउँपालिका–४ फुजेलका कृष्ण पन्त (किरण) र दाङको तुलसीपुर उपमहानगरपालिका–५ का लोकबहादुर वली (दिनेश)लाई शनिबार पक्राउ परेको डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।

डिएसपी खतिवडाका अनुसार पन्त गोरखा जिल्ला सदस्य हुन् भने वली गोरखाका जिल्ला सेक्रेटरी हुन् । लामो समयदेखि खोजीमा रहेका उनीहरूलाई गोरखा नगरपालिका–१३ मझुवा देउरालीमा लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट राजनीतिक प्रतिवेदन, पार्टीको झण्डा, नगद ३२ हजार, चन्दा रसिद, मोबाइल तीन थान र सिमकार्ड बरामद् गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।