Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७६ फाल्गुण ३ शनिबार १९:३६:००
Read Time : < 1 मिनेट
समाचार

मन्त्री साहको विरोध गर्ने विद्यार्थी नेताहरू पक्राउ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७६ फाल्गुण ३ शनिबार १९:३६:००

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको विरोध गर्दै प्रदर्शन गरेका राजपा नेपालका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको कार्यक्रममा सहभागी हुन आएका मन्त्री साहविरुद्ध राजपा नेपालको विद्यार्थी संगठन धनुषाका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए । अस्पतालकै मुलगेटमा धर्ना दिएर विरोध प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले राजपा विद्यार्थी संगठनका अशोक यादव, वीरेन्द्र साह, इजाज अन्सारी, दिनेश यादव, करण मिश्र, रोशन यादव र शिव यादवलाई नियन्त्रणमा लिएको छ । शुक्रबार मन्त्री साह र राजपा धनुषाका अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्रकुमार झा ‘ज्ञानु’बीच बजेटको विषयमा विवाद भएको थियो । मन्त्री साहले आफ्नो गृहजिल्ला सप्तरीमा बढी बजेट लगेको झाको आरोप छ ।