मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दुई नाले भरुवा बन्दुक भिरेका साहसँगै प्रहरी  
सुरेन्द्रकुमार कामति सिरहा
२०७६ फाल्गुण ३ शनिबार १६:५७:००
Read Time : < 1 मिनेट
समाचार

जग्गा खाली गराउन बन्दुकसहित पुगे भूमाफिया

Read Time : < 1 मिनेट
सुरेन्द्रकुमार कामति सिरहा
२०७६ फाल्गुण ३ शनिबार १६:५७:००

सिरहाको मिर्चैया नगरपालिका–५ मा रहेका सुकुम्वासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेका छन् ।

भूमाफिया मिर्चैया नगरपालिका–५ का वीरेन्द्र साह पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया–५ को उत्तरपट्टि जीवा खोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन दुई नाले बन्दुकसहित पुगेका थिए । उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहरलगायतका जाति बस्दै आएका छन् ।

भूमाफिया साह दुई नाले बन्दुकसहित पुगेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुन सक्ने भन्दै प्रहरी पठाएका थिए । अमिन ल्याएर र प्रक्रिया पु¥याएर मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको डिएसपी जैसवालले बताए ।