मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ३ शनिबार ०८:०१:००
Read Time : < 1 मिनेट
खेलकुद

धनबहादुरले जिते सूर्य नेपाल वेस्टर्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ३ शनिबार ०८:०१:००

लगातार दोस्रो दिन अग्रता लिँदै धनबहादुर थापाले सूर्य नेपाल वेस्टर्न गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा शनिबार सम्पन्न तेस्रो तथा अन्तिम चरणमा धनबहादुरले चार अन्डर २०७ कार्ड लेखाउँदै उपाधि जितेका हुन् । उनले दोस्रो स्थानमा रहेका शिवराम श्रेष्ठविरुद्ध दुई स्ट्रोकको अग्रतासमेत लिए । नेपालका पूर्व एक नम्बर खेलाडी शिवराम श्रेष्ठले दोस्रो स्थान रक्षा गर्दा दुई अन्डर २०५ को कार्ड लेखाए । 

यसैगरी, शुक्रबहादुर राई तेस्रो स्थानमा रहे । उनले तीन अन्डर २१० को कार्ड लेखाए । धनबहादुरले दोस्रोपटक उपाधि जितेका हुन् । उपाधिसँगै उनले एक लाख २५ हजार र उपविजेता शिवरामले ७५ हजार रुपैयाँ जितेका छन् । यसैगरी, तेस्रो स्थानमा रहेका शुक्रले ५५ हजार रुपैयाँ पाए । जयराम श्रेष्ठ २१२ स्कोरका साथ चौथो स्थानमा छन् । उनले ४५ हजार रुपैयाँ पाए । प्रतियोगिताका साबिक विजेता सञ्जय लामा र भुवनकुमार रोक्का संयुक्त रूपमा पाँचौँ स्थानमा छन् । 

दुवै २१३ को कार्ड लेखाउन सफल भए । रोक्का र लामाले जनही ३५ हजार रुपैयाँ पाए । यसैगरी, रविन खड्का सातौँ स्थानमा रहे । उनले ३१ हजार रुपैयाँ जिते । नेपालका नम्बर एक खेलाडी भुवन नगरकोटी र रामकृष्ण श्रेष्ठ आठौँ स्थानमा छन् । दुवै खेलाडीले २८ हजार रुपैयाँ पाएका छन् । च्याम्पियन धनबहादुरले दिनको सुरुवातमा तीन स्ट्रोकको अग्रता बनाएका थिए । तेस्रो चरणको खेलपछि उनले चार स्ट्रोक अग्रता लिँदै करिअरमा दोस्रोपटक सूर्य नेपाल वेस्टर्न उपाधि जिते ।