मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
बेलायतका अर्थमन्त्री साजिद जाविद
२०७६ फाल्गुण २ शुक्रबार १७:०१:००
Read Time : > 1 मिनेट
विश्व

प्रधानमन्त्रीले आफ्नो सल्लाहकार हटाउन खोजेपछि बेलायती अर्थमन्त्रीले दिए राजीनामा

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार १७:०१:००

बेलायतका अर्थमन्त्री साजिद जाविदले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा अप्रत्याशित भएको बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

प्रधानमन्त्री बोरिस जोनसनको योजनामा सहयोग नगरेपछि अर्थमन्त्रीलाई राजीनामा दिन उनले बाध्य पारेको आरोप समेत लगाइएको छ ।

राजीनामाको कारण 
प्रधानमन्त्रीले जाविदका सल्लाहकारलाई बर्खास्त गर्न खोजेपछि उनले राजीनामा दिएका हुन् । जाविदले आफ्ना सल्लाहकारले राम्रो काम गरिरहेकाले नहटाउन जोनसनसँग भनेका थिए । हालका सल्लाहकार डोमिनिक कमिंग्सलाई हटाएर प्रधानमन्त्रीको डाउनिङ स्ट्रिट कार्यालयका सल्लाहकार ल्याउने जोनसोनको निर्णयलाई जाविदले अस्वीकार गरेका थिए । 

आफ्नो प्रस्ताव अस्वीकार गरेपछि अर्थमन्त्रीलाई जोनसनले मार्ग प्रशस्त गरिदिन आग्रह गरेका थिए ।
जाविदले आफ्नो राजीनामा पत्रमा लेखेका छन् ‘मलाई राजीनामा बाहेक अरु कुनै विकल्प बाँकी छैन भन्ने लाग्यो । म विश्वास गर्छु, प्रभावकारी नेतृत्वका लागि विश्वासिलो टिम हुनु आवश्यक छ ।’

जाविदले प्रधानमन्त्रीसँग ‘कुनै पनि स्वाभिमानी मन्त्रीले त्यस्तो प्रस्ताव स्वीकार्न नसक्ने’ बताएको बिबिसीले उल्लेख गरेको छ । डाउनिङ स्ट्रिटले अब प्रधानमन्त्री तथा अर्थमन्त्री दुवैका लागि एउटा संयुक्त सल्लाहकारको टिम हुने पनि बताएको छ । 

जाविदपछि जोनसनले आफ्ना विश्वासपात्र पूर्वमुख्यसचिव रिसी सुनकलाई नयाँ अर्थमन्त्री नियुक्त गरेका छन् । उनी प्रधानमन्त्रीका समर्थक मानिन्छन् । 

जाविदलाई २०१९ को जुलाईमा प्रधानमन्त्री भएपछि बोरिस जोनसनले अर्थमन्त्रीमा नियुक्त गरेका थिए । 
ब्रेक्जिटपछि प्रधानमन्त्रीले मन्त्रिमण्डललाई थप मजबुत बनाउन खोजेका छन् । यसैले पनि जोनसनले यतिबेला आफ्नो क्याबिनेटका धेरै मन्त्री बदलेका छन् ।

व्यापक फेरबदल 
यसैबीच प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो टिममा व्यापक फेरवदलसमेत गरेका छन् । जस अनुसार, पूर्वब्रेक्जिट सचिव स्टेफेन बाक्र्लेलाई मुख्य सचिवलाई बनाइएको छ । यसैगरी बरुनेस मोर्गनलाई हटाएर पे मास्टर जनरल ओलिभर डाडेन संस्कृति सचिव भएका छन् । 

उत्तरी आयरल्यान्डका सचिव जुलियन स्मिथलाई गृहमन्त्री ब्रान्डन लुईसले प्रतिस्थापित गरेका छन् । जेम्स क्लेभरर्लीलाई विना विभागीय मन्त्री बनाएर अमान्डा मिलिंग कन्जभेटिभ पार्टीको अध्यक्ष बनेकी छन् ।

व्यापार सचिव एन्ड्रिया लेडसम र आवास मन्त्री एस्थर म्याकवे पनि सरकारबाट बाहिरिएका छन् ।  
वातावरण सचिव थेरेसा भिलियर्सलाई पनि बर्खास्त गरिएको छ । र, सो स्थानमा जर्ज युस्टिसलाई ल्याइएको छ । युस्टिसले गत वर्ष थेरेसा मेको ब्रेक्जिट योजनाका कारण मन्त्रीबाट राजीनामा दिएका थिए । 

महान्याधिवक्ता जेफ्री कोक्सलाई प्रधानमन्त्रीले राजीनामा गर्न भनेका थिए । राजीनामापछि उनको ठाउँमा पूर्व ब्रेक्जिट मन्त्री सुएला ब्रेभर्मनलाई नियुक्त गरिएको छ ।

(बीबीसीबाट)