मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ फाल्गुण २ शुक्रबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार

सामुदायिक वनको कार्यालयमा आगजनी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७६ फाल्गुण २ शुक्रबार १६:१५:००

कञ्चनपुरको कृष्ण सामुदायिक वनमा अज्ञात समुहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरको कृष्ण सामुदायिक वनमा गएराति अज्ञात समुहले आगजनी गरेको हो । 

सामुदायिक वनका अध्यक्ष दानबहादुर बोहराले कार्यालयको ताला तोडेर आगजनी गरिएको जानकारी दिए । उनका अनुसार कुर्सी, डिजे सेट, ईलेलेक्ट्रोनिक समान, साउण्ड सिस्टम, टेण्ड लगायतका सामान जलेर नष्ट भएका छन् ।

इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरले आगलागीको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । शुक्लाफाँटाका नगरपालिका ११ का वडाध्यक्ष दिलबहादुर ऐरले आगजनीमा संलग्नहरुको खोजी गरि कारवाहीकाे माग गरे ।