• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार १६:११:००
समाचार

राष्ट्रप्रति समर्पित युवा देशको आवश्यकता : प्रधानमन्त्री ओली

नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार १६:११:००

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसाशित र राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता रहेको बताएका छन् । 

राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दिक्षित विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दज्र्यानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताएका हुन् । 

उनले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रीत हुन समेत आग्रह गरे । उनले भने ‘तपाईहरु माथि केवल आफ्ना अभिभावकहरुको मात्रै आशा र सपना निहित छैन, तपाईका प्रध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा रहेको छ । त्यसैले सर्वोत्कृष्ट समाज निर्माणको लागि यसै युवा अवस्थामा तपाईहरुले आफ्नोे  मनोबल उच्च गराउन आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फी व्यक्तित्व विकासमा हरसम्भव सहयोग गर्ने बताए ।

उनले राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दिक्षित भएका विद्यार्थीको भुमिका अझबढी महत्वपूर्ण हुने बताए । राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले दलको सुदृढिकरण र जनस्तरसम्म पुर्याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । 

राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तलिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थीहरु सहभागी रहेका थिए ।