१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ फाल्गुण २ शुक्रबार १६:०५:००
Read Time : > 1 मिनेट
विश्व

अन्तरिक्ष यात्राका लागि नासाले खुलायो आवेदन, यस्तो छ प्रकृया

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ फाल्गुण २ शुक्रबार १६:०५:००

अमेरिकी अन्तरिक्ष निकाय, नासाले अन्तरिक्ष यात्रीका लागि आवेदन खुला गर्न लागेको छ । तर, यसमा सहभागि हुन अमेरिकाभन्दा बाहिरी देशका मानिसहरुको लागि सम्भावना भने न्युन छ ।

चन्द्रमामा दोस्रो पटक मानिस पठाउन अमेरिकी स्पेस एजेन्सी नासाले मार्च २ देखि ३१ सम्ममा आवेदन खुला गर्न लागेको हो ।

के के चाहिन्छ अन्तरिक्ष यात्री बन्न ?
चन्द्रमामा पठाउने मिसनका लागि नासाले सबैभन्दा पहिलो राष्ट्रियतालाई प्राथमिकतामा राखेको छ । अर्थात आवेदन दिनका लागि अमेरिकी नागरिकता भएको व्याक्ति हुनुपर्नेछ । यसको मतलब अमेरिकी नागरिकलाई मात्रै सन् २०२४ को मिसनमार्फत चन्द्रमामा लगिने छ । 

यद्यपी अमेरिकाको नागरिक बनेर अन्तरिक्ष यात्री बन्नका लागि सन १९९१ मा स्व.पिर्यस सेलरले वेलायती नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका थिए ।

तर, अन्तरिक्ष यात्री हुनका लागि बहुराष्ट्रियता भएको व्याक्तिलाई पनि छनोट गरिने नासाले जनाएको छ ।
त्यस्तै, आवेदनकर्ता विज्ञान विषय अध्ययन गरेको हुनु पर्ने छ । विज्ञान र गणित अन्तर्गतका विषयमा कम्तिमा स्नातकोत्तर गरेका तथा इन्जिनियर वा डाक्टरहरुले आवेदन दिन पाउनेछन् ।

अध्ययनले मात्रै नभएर कम्तिमा २ वर्ष सम्बन्धित पेसामा अनुभव भएको वा जेट एयरक्रफ्टको क्याप्टेनका रुपमा १ हजार घण्टा काम गरेको व्याक्ति हुनुपर्नेछ । 

यति भएपछि, अनलाईन आवेदनबाट छानिएका आवेदनकर्ताहरुले दोस्रो चरणको शारीरिक परीक्षा पास गर्नुपर्छ ।

शारीरिक परीक्षा पास गरेर छनोट भएकाहरुले अझैं २ वर्ष तालिम मुल्यांकन पास गर्नुपर्ने हुन्छ । त्यसक्रममा सैन्य तालिम, प्राविधिक सिप, रोबोटिक्स प्रशिक्षण एवं रुसी भाषा सिकाइन्छ ।

२ वर्षे तालिम लिई सकेको तर अन्तरिक्ष यात्रीका लागि छनोट हुन नसकेकाहरुलाई बाध्यकारी घर फिर्ता भने गरिने छैन् । उनीहरुलाई नासामा कुनै न कुनै जिम्मेवारी दिइने छ । 

(एजेन्सीहरुको सहयोगमा)