मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका मोरङ
२०७६ फाल्गुण २ शुक्रबार १६:०१:००
Read Time : < 1 मिनेट
समाचार

दुई जना मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका मोरङ
२०७६ फाल्गुण २ शुक्रबार १६:०१:००

मोरङको अलग अलग स्थानमा दुई जना मृत फेला परेका छन् । पथरी शनिश्चरे नगरपालिका ४ सम्झना चोकमा एक जना  र लेटाङ नगरपालिका १ मा एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रहरीका अनुसार मोरङको पथरी शनिश्चरे ४ सम्झना चोकस्थित हाट बजार लाग्ने स्थानमा स्थानीय ५५ वर्षीय प्रबल गिरी मृत फेला परेका हुन् । त्यसैगरी लेटाङ १ धोबिघाटस्थित पाँचथरे खोलामा लडेर स्थानीय ६४ वर्षीय बलबहादुर लामिछानेको मृत्यु भएको हो ।

गिरी र लामछिानेको शव  पोस्टमार्टमका लागि मंगलबारे अस्पताल उर्लाबारी पठाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानवहादुर राईले बताए । दुवै घटनाको थप अनुसन्धान गरिरहेको उनले बताए ।