• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
२०७६ फाल्गुण २ शुक्रबार १५:५६:००
समाचार

तेस्रो लिङ्गी अजिता हत्या काण्डका अभियुक्तहरुको दोस्रो पटक म्याद थप

२०७६ फाल्गुण २ शुक्रबार १५:५६:००

हेटौंडा ११ थाना भञ्ज्याङ निवासी तेस्रो लिङ्गी अजिता भुजेलको हत्या अभियोगमा पक्राउ परेका ५ जनालाई दोस्रो पटक म्याद थप गरिएको छ । २० माघमा पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले दोस्रो पटक म्याद थप गर्दै थप अनुसन्धानका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतले ८ दिनका लागि म्याद थप गरेको तहसिलदार तुलसी लामिछानेले जानकारी दिए ।

यसअघि अदालतले अभियुक्तहरुलाई १० दिन म्याद थप गरेर थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले म्याद थपसँगै अनुसन्धान जारी राखेको जनाएको छ । गत माघ ४ गते मध्यरातमा अजिताको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ जनालाई पक्राउ गरेको हो ।

यौन सम्पर्कपछि अजिताले माग गरेको रकममा बार्गेनिङ हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख प्रहरी उपरीक्षक सुरेशसिंह राठौरले जानकारी दिए ।

पक्राउ पर्नेमा हेटौंडा ११ का २० वर्षीय एलिसा पाख्रिन, हेटौंडा ४ निवासी २४ वर्षीय आशिस बल, हेटौंडा ४ निवासी २१ वर्षीय ‘ह्याक्चर’ भन्ने बुद्ध लामा, हेटौंडा ९ निवासी १८ वर्षीय ‘भापु’ भन्ने सिमोन परियार र हेटौंडा ४ बस्ने २५ वर्षीय ‘घनटाउके’ भनिने सुशिल थापा मगर रहेको प्रहरी जनाएको छ ।