Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
२०७६ फाल्गुण २ शुक्रबार १५:५३:००
समाचार

प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, प्रधानमन्त्रीकाे सम्बाेधन शनिबार हुने

२०७६ फाल्गुण २ शुक्रबार १५:५३:००

संघीय संसदको प्रतिनिधिसभाले राष्ट्रियसभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले वर्तमान राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा गहिरो शोक प्रकट गर्दै शोक प्रस्ताव पारिन गरेको हो ।

उपाध्याय २०७४ सालको निर्वाचनमा प्रदेश ५ बाट नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । क्यान्सर रोगबाट पीडित उनको उपचार क्रममा शुक्रबार निधन भएको थियो । बैठकले उपाध्यायको निधनमा शोक व्यक्त गदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मौनधारण पनि गरेको छ ।

यसैबीच, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम पनि स्थगित भएको छ । शुक्रबार स्थगित प्रधानमन्त्रीको सम्बोधन भोलि शनिबार हुने भएको छ ।