मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार १५:३१:००
Read Time : < 1 मिनेट
समाचार

पूर्वप्रधानमन्त्रीद्वयलाई मुद्दा नचलाउनुको कारण पेस गर्न अख्तियारलाई सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार १५:३१:००

ललिता निवास प्रकरणमा मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले शुक्रबार (२ फागुन) अख्तियारलाई उक्त आदेश दिएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पूर्वप्रधानमन्त्रीद्वय डा.भट्टराई र नेपाललाई अख्तियारले उन्मुक्ति दिएकाले मुद्दा चलाउन आदेश दिनुपर्ने माग गर्दै बुधबार (१ फागुन) रिट दायर गरेका थिए।

डा भट्टराई र नेपाललाई पनि आदेश

प्रधानन्यायाधीस राणाको इजलाशले पूर्व प्रधानमन्त्रीद्वय डा. भट्टराई र नेपाललाई  पनि लिखित जवाफ पेस गर्न आदेश दिएको छ। ललिता निवास प्रकरणमा अख्तियारले नेपाल प्रधानमन्त्री छँदाका उपप्रधानमन्त्री विजय गच्छदार, डा भट्टराई प्रधानमन्त्रीका हुँदाका मन्त्रीमाथि चाहिँ मुद्धा दायर गरिसकेको छ ।

यसबाहेक अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात लगायत अन्य पूर्व सरकारी अधिकारीहरुमाथि पनि मुद्धा दायर गरेको थियो । सबै गरी १ सय ७५ जनामाथि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

उपप्रधानमन्त्री र मन्त्री भएकाहरुमाथि मुद्धा दायर गरिएपनि राजनीतिक आग्रहवस नीतिगत निर्णय गर्ने तत्कालिन प्रधानमन्त्रीद्वय नेपाल र डा भट्टराई प्रधानमन्त्री माथि मुद्धा दायर नगरिएको भन्दै अख्तियारको आलोचना हुँदै आएको सन्दर्भमा न्यौपानेले मुद्धा दायर गरेका थिए ।