१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार १३:०२:००
Read Time : < 1 मिनेट
समाचार

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाले हेर्ने

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार १३:०२:००

पूर्वप्रधानमन्त्रीद्वय डा बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले हेर्ने भएका छन् । 

बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्दा डा भट्टराई र नेपालको समेतको संलग्नता भएको दाबी गर्दै बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

न्यौपानेद्वारा दायर रिटमाथिको सुनुवाइ राणाको एकल इजलासले गर्ने सर्वोच्च प्रशासनले जनाएको छ। ‘नीतिगत निर्णय’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र नेपालविरुद्ध मुद्दा अगाडि नबढाएपछि प्रमुख प्रतिपक्षी कांग्रेसलगायत दलले यसको विरोध गर्दै आएका छन् ।  

पूर्वमन्त्री, कांग्रेस उपसभापति र संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा लगाएपछि कांग्रेसले संसदसमेत अवरोध गरेको थियो । 

कांग्रेसले सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र उनका छोरा नवीन पौडेललाई पनि कारबाहीको माग गरेको छ ।