• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
नयाँ पत्रिका
२०७६ फाल्गुण २ शुक्रबार ११:५६:००
सप्तरंग

निफमा ४० देशका ८० फिल्म हेर्न पाइने

नयाँ पत्रिका
२०७६ फाल्गुण २ शुक्रबार ११:५६:००

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (निफ) मा ४० देशका ८० फिल्म देखाइने भएको छ । फेस्टिवलमा भाग लिन ४० देशका फिल्मकर्मी नेपाल आइपुगेका छन् । 

कार्यक्रमको उद्घाटन गर्दै नवनियुक्त सभामुख अग्नि सापकोटाले सिनेमा सांस्कृतिक पहिचानको मुख्य माध्यम भएको बताए । उनले फेस्टिवलमा देखाइने विश्वका जिवन्त फिल्म तथा अन्तक्र्रियाले नेपाली फिल्मकर्मीलाई प्रेरित गर्ने आशा व्यक्त गरे । 

बिहीबार राष्ट्रिय सभा गृहमा सुरु भएको निफलाई सम्बोधन गर्दै वलिउड निर्देशक प्रकाश झाले फिल्म फेस्टिभल कला र संस्कृतिको उत्सव भएको बताए । स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाको मुख्य निर्णायक बनेका निर्देशक झाले फेस्टिभलमार्फत विभिन्न देशका कला, संस्कृति सिनेमामार्फत् हेर्ने अवसर जुटेकोमा खुसी व्यक्त गरे । 

उद्घाटन कार्यक्रममा छोटो मन्तव्य राख्दै वरिष्ठ फिल्मकर्मी नीर शाहले संसारभर फिल्मका नाममा बनेका फिल्मबाटै यो क्षेत्रलाई खतरा भएको बताए । 

फेस्टिवलको उद्घाटन चाइनीज् फिल्म ‘कम्पोजर’ बाट सुरु गरिएकाे थियाे । फागुन १ देखि सुरु भएको फेस्टिवल फागुन ५ सम्म चल्ने छ । फिल्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम गरी तीन वटा ठाउँमा देखाउने तालिका रहेको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।