Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३१ शनिबार
  • Saturday, 15 August, 2020
निस्मा श्रेष्ठ साइक्लिस्ट
२०७६ फाल्गुण २ शुक्रबार ११:३९:००
स्वास्थ्य र जीवनशैली

स्पोर्टस् किट्स संवाद : यती कम्पनीको माउन्टेन बाइक मेरो रोजाइ

२०७६ फाल्गुण २ शुक्रबार ११:३९:००

म साइक्लिङअन्तर्गतको माउन्टेन बाइकिङ खेलाडी हुँ । मैले चलाउने साइकललाई माउन्टेन बाइक भनिन्छ । गत दक्षिण एसियाली खेलकुद (साग)मा यसै विधामा डाउनहिलतर्फ मैले स्वर्ण पदक जितेकी हुँ । माउन्टेन बाइक सामान्य साइकलको तुलनामा भिन्न हुन्छ । यसका स्पेयर पार्टस् र फन्स भिन्न हुने गर्छ । यस्ता माउन्टेन बाइकलाई लाख वा सोभन्दा बढी पर्छ । ६०–८० हजारसम्मका साइकल ट्रेलमा चलाउन उपयुक्त हुँदैन ।

मैले यती कम्पनीको माउन्टेन बाइक प्रयोग गर्ने गरेकी छु । यो बेलायती कम्पनी हो । यसबाहेक ट्रेक, जाइन्ट, सेन्ट–क्रुजजस्ता कम्पनीको माउन्टेन बाइक पनि मेरो रोजाइमा पर्ने गरेका छन् । हामी गेमका लागि माउन्टेन बाइकभन्दा पनि यसका स्पेयर पार्टस् एक्स्ट्रा राख्ने गर्छौं ।

मैले बेलायती कम्पनीको यती माउन्टेन बाइक प्रयोग गर्ने गरेकी छु । यसबाहेक ट्रेक, जाइन्ट, सेन्ट–क्रुजजस्ता कम्पनीको माउन्टेन बाइक पनि मेरो रोजाइमा पर्ने गरेका छन् ।

यसबाहेक हेल्मेट अर्को महत्वपूर्ण किट्स हो । राम्रो ब्रान्डका हेल्मेटको मूल्य करिब १० हजारबाट सुरु हुन्छ । ब्रान्डेड हेल्मेटको प्रयोग टाउको सुरक्षाका लागि बढी नै आवश्यक छ । केही गरी दुर्घटना भइहाले पनि यसले आन्तरिक इन्जुरीलाई धेरै हदसम्म घटाउन सक्छ । 

यीबाहेक ग्लोभ्स, सनग्लासेस, नि–प्याड, एल्बो–प्याड पनि पर्छन् । यी स्पोर्टस् किट्सहरू करिब १० देखि १५ हजारमा पाइन्छन् । किट्स हामीले प्रायः विदेश जाँदा वा साथीभाइमार्फत ल्याउने गर्छौं  । किनकि, नेपालमा गुणस्तरीय किट्स पाउन गाह्रो छ । माउन्टेन बाइक एड्भेन्चर गेम भएका कारण आत्मसुरक्षा पहिलो प्राथमिकतामा पर्छ ।