मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण २ शुक्रबार ११:१०:००
Read Time : < 1 मिनेट
समाचार

जनताबाट ‘टेस्टेड’ पार्टीबाटै जनअपेक्षा पूरा हुन्छ : नेता सिंह  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण २ शुक्रबार ११:१०:००

कांग्रेसका नेता प्रकाशमान सिंहले पुराना राजनीतिक पार्टीबाटै जनताका अपेक्षा पूरा हुने बताएका छन् । 

ब्रह्मकुमारी राजयोग केन्द्रले राजधानीमा गरेको कार्यक्रममा बोल्दै नेता सिंहले नयाँ राजनीतिक पार्टीमा अपरिपक्वता रहेकाले जनताका चाहना पूरा गर्न नसक्ने बताए । ‘परिवर्तनका नाममा पुरानो पार्टीले केही गर्न सकेनन् भन्नेहरूसँग राजनीतिमा न कुनै लगानी छ, न परिपक्वता नै’, नेता सिंहले भने, ‘जनताद्वारा ‘‘टेस्टेड’ पुरानो पार्टीबाटै जनअपेक्षा पूरा गर्न सकिन्छ ।’ 

उनले राजनीतिमा लागेका सबैलाई एउटै बास्केटमा राखेर नहेर्न आग्रह गरे । नेता सिंहले  केही खराब व्यक्तिले गरेका गलत कामलाई हेरेर सबै राजनीतिकर्मीलाई  दोषारोपण गर्न नमिल्ने बताए ।