Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
उज्ज्वल घिमिरे, निर्देशक
उज्ज्वल काफ्ले
२०७६ फाल्गुण २ शुक्रबार १०:४६:००
Read Time : > 1 मिनेट
सप्तरंग

दर्शक कम फिल्म धेरै

सिने संवाद

Read Time : > 1 मिनेट
उज्ज्वल काफ्ले
२०७६ फाल्गुण २ शुक्रबार १०:४६:००

नेपाली सिनेमाको पहिलो चरणमा बनेका सबैजसो फिल्म हिट भएको मानिन्छ । किनकि, त्यतिवेला वर्षमा दुईदेखि तीनवटा फिल्म निर्माण हुन्थे । अहिले भने धेरै फिल्म बन्न थालेका छन् । धेरैको भीडमा राम्रा फिल्म पनि चल्न सकेका छैनन् । त्यसको कारण हो– एकैपटक हलमा धेरै फिल्म प्रदर्शनमा आउनु ।

थोरै जनसंख्या भएको देशमा धेरै फिल्म बनेपछि नचल्नु स्वाभाविकै हो । खानेकुरा पनि पचाउन सक्ने मात्रै खानुपर्छ भन्ने भनाइ नै छ । नेपाली सिने क्षेत्रको अहिलेको अवस्थाले त्यस भनाइलाई आत्मसात् गर्न सकेको छैन । गुणस्तरमा भन्दा संख्यामा जोड दिनुको परिणाम हो, यो । संख्याभन्दा गुणस्तरमा जोड दिँदै फिल्म हेर्न हलसम्म पुग्ने दर्शकको संख्यालाई पनि विचार गरिएको भए अधिकांश फिल्म फ्लप हुने अहिलेको अवस्था आउने थिएन ।

थोरै जनसंख्या भएको देशमा धेरै फिल्म बनेपछि नचल्नु स्वाभाविकै हो । खानेकुरा पनि पचाउन सक्ने मात्रै खानुपर्छ भन्ने भनाइ नै छ । नेपाली सिने क्षेत्रको अहिलेको अवस्थाले त्यस भनाइलाई आत्मसात् गर्न सकेको छैन ।

विगतमा एनालग प्रविधिबाट फिल्म बनाउन गाह्रो थियो । रिलवाला क्यामेराबाट छायांकन गर्नुपथ्र्यो । त्यससम्बन्धी पूर्ण जानकारी भएका मेकरले मात्र फिल्म निर्माण गर्थे । नेपालमा खिचेको फिल्म तयार पार्न भारत पुग्नुपथ्र्यो । अहिले भने प्रविधिको विकासले फिल्म निर्माण सहज बनाइदिएको छ । अहिले जोकोही पनि फिल्म निर्माणमा आउनुको मुख्य कारण प्रविधिको विकास नै हो ।

सुरुवाती चरणमा थोरै कलाकार थिए र उनीहरूको स्टारडमको मूल्य थियो । अहिलेका निर्देशकले पहिलेका कलाकारलाई सम्हाल्न सक्दैनन् । अहिले हरेक क्षेत्रमा कलाकार छन् । धेरै कलाकार भएका कारणले उनीहरूको मूल्य देखिएको छैन । प्रविधिको विकास भएकाले कलाकारहरू आफैँ भिडियो बनाउन थालेका छन् । देश सानो छ, कलाकार भने धेरै । सबैलाई पर्दामा देखिन मन छ । कतिपय राम्रा कलाकार पनि अभिनयभन्दा टाढा बसेका छन् । पछिल्लो समयमा प्रदर्शनमा आएका फिल्महरूलाई नियाल्दै आएको छु । यो आर्थिक वर्षभित्र फिल्म बनाउने तयारीमा छैन । अर्काे वर्षदेखि भने नयाँ फिल्मको तयारीमा लाग्नेछु ।