मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २ शुक्रबार ०६:३१:००
Read Time : < 1 मिनेट
अर्थ

ङादी ग्रुपको विद्युत् बिक्री आय ८ करोड ४७ लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २ शुक्रबार ०६:३१:००

आर्थिक वर्ष ०७६/७७को दोस्रो त्रैमासमा ङादी ग्रुप पावर लिमिटेडले ८ करोड ४७ लाख ६३ हजारको विद्युत् बिक्री गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा ८ करोड १६ लाख २५ हजारको विद्युत् बिक्री गरेको थियो । गत आवको सोही अवधिको तुलनामा ३ प्रतिशत बढी विद्युत् बिक्री गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालन आम्दानी गत आवको तुलनामा ३ दशमलव २९ प्रतिशत बढेको छ । गत आवको ६ महिनामा ७ करोड २३ लाख सञ्चालन आम्दानी गरेको कम्पनीले चालू आवको ६ महिनामा ७ करोड ४६ लाख आम्दानी गरेको छ । जलविद्युत्मा कम्पनीको लगानी १५ करोड ३२ रुपैयाँ रहेको छ । कम्पनीले आव २०७४/७५ मा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीको चुक्ता पुँजी ५३ करोड ५५ लाख छ । कम्पनीले चालू ६ महिनामा २१ लाख ९५ हजार रोयल्टी तिरेको छ । कम्पनीको कुल सम्पत्ति ९६ करोड ९० लाख रहेको छ । 

कम्पनीले यस त्रैमासको अवधिमा सिउरी खोला जलविद्युत् आयोजना पूर्ण सञ्चालन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १६ रुपैयाँ ४८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय २० रुपैयाँ ३५ पैसा रहेको छ । कम्पनीको पिई रेसियो ६.९८ प्रतिशत, तरलता अनुपात २ दशमलव ३० प्रतिशत छ । कम्पनीको बुधबार सेयर मूल्य प्रतिकित्ता १ सय २० रुपैयाँ कायम भएको छ ।