मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी सान फ्रान्सिस्को
२०७६ फाल्गुण २ शुक्रबार ०८:५६:००
Read Time : < 1 मिनेट
विश्व

ह्वाट्स एपका प्रयोगकर्ता  दुई अर्ब नाघे

Read Time : < 1 मिनेट
एजेन्सी सान फ्रान्सिस्को
२०७६ फाल्गुण २ शुक्रबार ०८:५६:००

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्स एपका प्रयोगकर्ता दुई अर्बभन्दा बढी पुगेको फेसबुकले जनाएको छ । फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्स एपलाई सन् २०१४ मा किनेको थियो । ह्वाट्स एपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ । 

दुई अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुंगा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महसुस गरेको ह्वाट्स एपको ब्लग पोस्टमा लेखिएको छ । कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढंगबाट सुरक्षित गरिने र कसैले सहजै भंग गर्न नसक्ने परिस्थिति निर्माण गरिने जनाएको छ । ह्वाट्स एपलाई अझ बढी विश्वसनीय 
बनाइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ ।

अमेरिकी सरकारले ह्वाट्स एप, मेसेन्जर, भाइबरजस्ता सञ्चार सेवाका सन्देशहरूमा राज्यका निकायको पहुँच बढाउनुपर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ ।