मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
झो किन
२०७६ फाल्गुण २ शुक्रबार ०८:४९:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

भाइरसकै कारण रोकिनुहुन्न चीन–भारत आर्थिक सहकार्य

चीन र भारत दुवैले भाइरसका कारण भोगेको आर्थिक क्षति र अन्तर्राष्ट्रिय व्यापारमा आएको गिरावटको मिलेर सम्बोधन गर्नुपर्छ

Read Time : > 1 मिनेट
झो किन
२०७६ फाल्गुण २ शुक्रबार ०८:४९:००

टाइम्स अफ इन्डियाका अनुसार शनिबारदेखि हवाई, सामुद्रिक र स्थलमार्ग हुँदै चीनबाट मुलुक भित्रिने सामान तथा व्यक्तिमाथि भारतले झनै कडाइ गरेको छ । अमेरिकाले त राजनीतिक पूर्वाग्रहकै कारण सुरुदेखि नै बढाई–चढाई हल्ला गर्दै आएको थियो । तर, भारतले कोरोना भाइरस चीनमा फैलिएको केही सातापछि यसको संवेदनशीलतामा विश्वस्त भइसकेपछि मात्र आवागमनमा कडाइ गरेको हो । गत साता भारतमा तेस्रो कोरोना संक्रमितको पुष्टि भएको थियो । भारतजस्तो उच्च जनघनत्व भएको मुलुकमा यदि कोरोना फैलिएमा परिस्थिति निश्चय नै जटिल बन्नेछ ।

कोरोना भाइरस नियन्त्रणका लागि भारतले लिएको निर्णयलाई चीनले राम्ररी बुझेको छ । अहिले चीन र चिनियाँ नागरिक कोरोना भाइरस संक्रमणसँग जुध्न अथक संघर्ष गरिरहेका छन् । अथक प्रयासको परिणाम बिस्तारै देखिँदै छ । यो संवेदनशील समयपछि निश्चय नै चीनले संक्रमण दरमाथि नियन्त्रण राख्दै कोरोना भाइरसलाई परास्त गर्नेछ । चीनले गरेको अथक प्रयास र भाइरसविरुद्धको उपलब्धिलाई भारतले पनि देख्ने नै छ । 

चीन र भारतबीचको आर्थिक सहकार्यको दृष्टिकोणबाट पनि यो वर्ष विशेष रूपमा महत्वपूर्ण छ । कोरोना भाइरस फैलनुअघि धेरै चिनियाँ कम्पनीले भारतमा लगानी बढाउँदै आएका थिए । २०२० मा भारतमा हुन गइरहेको भारतकै सबैभन्दा ठूलो अटो मेलामा चिनियाँ कम्पनीको विशेष चासो थियो । उनीहरू भारतीय अटो बजारमा उल्लेखनीय उपस्थिति चाहन्छन् । ग्रेट वाल मोटर्सले त भारतबाट पनि उत्पादन सुरु गर्न लागेको कुरा बाहिर आएको छ । अर्कातिर भारत पनि चीनतर्फ निर्यात बढाएर व्यापार घाटा घटाउन चाहन्छ । त्यसैले द्विदेशीय आर्थिक र व्यापार सम्बन्ध अझ घनीभूत हुँदै जाने संकेत देखिन्थ्यो ।

यद्यपि अचानक अकल्पनीय रूपमा देखिएको महामारीले तत्काललाई चीन–भारत द्विदेशीय वाणिज्यमा धक्का पु¥याएको छ । भारतीय कार निर्माताहरू चीनमा निर्मित कतिपय पार्टपुर्जाको आपूर्ति नहुँदा अहिले नै संकटको सामना गरिरहेका छन् । व्यापारका अलावा अर्को आशंका भनेको अब चीनको लगानीमा कमी आउन सक्छ । भारतलाई अहिले चिनियाँ लगानीको खाँचो छ किनकि भारतीय अर्थतन्त्रमा स्थिरता चाहिएको छ । ‘भारतमै निर्माण गर’ भन्ने भारतीय ‘मोटो’लाई व्यावहारिक रूप दिन पनि भारतलाई चिनियाँ लगानी आवश्यक छ ।

२०१८ मा चीन भारतका लागि दोस्रो ठूलो अन्तर्राष्ट्रिय लगानीकर्ता थियो । त्यस्तै, २०१९ को सुरुमै भारतमा चिनियाँ कम्पनीले ३.९ बिलियन अमेरिकी डलरबराबरको लगानी गरिसकेका थिए । यो भनेको २०१८ को भन्दा दोब्बर हो । चिनियाँ अटो कम्पनीले मात्र भारतीय बजारमा एक करोड रोजगारी सिर्जेका छन् । त्यसैले कोरोना भाइरससँगको सतर्कतासँगसँगै भारतले चिनियाँ लगानी सुरक्षित गर्दै द्विदेशीय व्यापारलाई प्रोत्साहन गर्नुपर्नेछ । कोरोना भाइरसले अस्तव्यस्त भएको द्विदेशीय वाणिज्य सहज मार्गमा डो¥याउन पनि भारतलाई अहिले बलियो ढाडस चाहिएको छ ।

भाइरसविरुद्ध कदम चाल्नु अहिलेको मुख्य आवश्यकता हो । तर, अब चीन र भारतले भाइरसका कारण दुवै देशले भोगेको आर्थिक क्षति र अन्तर्राष्ट्रिय व्यापारमा आएको गिरावटको मिलेर सम्बोधन गर्नुपर्छ । यो परिस्थितिमा संवाद र सहकार्यद्वारा द्विदेशीय वाणिज्य र अन्तर्राष्ट्रिय लगानीलाई सहज मार्गमा डो¥याउन समुचित कदम चाल्नुपर्छ । यो भारत र चीन दुवैलाई आवश्यक छ ।

(किन ग्लोबल टाइम्सका संवाददाता हुन्)  ग्लोबल टाइम्स डटकमबाट