१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २ शुक्रबार ०८:३५:००
Read Time : < 1 मिनेट
खेलकुद

धनले शिवरामलाई उछिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २ शुक्रबार ०८:३५:००

धनबहादुर थापाले दुई अन्डर १३६ स्कोर गर्दै बिहीबार सूर्य नेपाल वेस्टर्न गल्फ प्रतियोगिताको शीर्ष स्थानमा शिवराम श्रेष्ठलाई विस्थापित गरेका छन् । पहिलो दिन शीर्ष स्थानमा रहेका शिवराम दोस्रो स्थानमा धकेलिएका छन् । शिवराममाथि धनबहादुरले तीन स्ट्रोक अग्रता लिएका छन् । शिवरामले एक ओभर १३९ स्कोर गरेका छन् । यसैगरी, जयराम श्रेष्ठ, भुवनकुमार रोक्का र शुक्रबहादुर राई संयुक्त रूपमा तेस्रो स्थानमा छन् । यी तीन खेलाडीले समान १४० स्कोर गरे । 

जयरामले एक अन्डर ६८, भुवनले इभन पार खेली ६९ र शुक्रले एक ओभर ७० को प्रदर्शन गरेका थिए । दोस्रो चरणमा नीरज तामाङ छैटौँ स्थानमा रहँदा दुई ओभर ७१ स्कोर गरे । साबिक विजेता सञ्जय लामाले तीन स्थान सुधार गरेका छन् । अघिल्लो दिन १०औँ स्थानमा रहेका सञ्जय दोस्रो चरणको खेल समाप्तिपछि सातौँ स्थानमा रहे ।  

प्रतियोगितामा २४ व्यावसायिक तथा ६ एमेच्योर खेलाडी अन्तिम चरणमा पुगेका छन् । शीर्ष स्थानमा रहेका धनबहादुरले फन्ट नाइनमा एक अन्डर ३३ र ब्याक नाइनमा एक अन्डर ३४ को स्कोर गरे । उनले तेस्रो तथा सातौँ होलमा बोगी सामना गरे । उनले १०औँ, १२औँ र १७औँ होलमा बर्डिज निकाले । उनका प्रतिद्वन्द्वी शिवरामले फन्ट नाइनमा तीन ओभर ३७ तथा ब्याक नाइनमा एक अन्डर ३४ को कार्ड लेखाए । दिनको सुरुवातमै शिवरामले बोगीको सामना गरे ।

शिवरामले १०औँ, १५औँ र १७औँ होलमा बोगी भेट्टाए । जयरामले फन्ट नाइनमा इभन पार ३४ र ब्याक नाइनमा एक अन्डर ३४ को स्कोर गरे । प्रतियोगिताको विजेताले एक लाख २५ हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउनेछन् ।