मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २ शुक्रबार ०८:२२:००
Read Time : < 1 मिनेट
खेलकुद

समृद्धि र टाइम्सको जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २ शुक्रबार ०८:२२:००

समृद्धि र टाइम्सले पाँचौँ यू–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार जित निकालेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा समृद्धिले एलआरआईलाई ६३–५४ ले पराजित गर्‍यो । समृद्धिका खड्का गुरुङले २१ स्कोर योगदान गरेका थिए ।

टाइम्सले गोल्डेन गेटलाई ८१–६९ ले हरायो । टाइम्सका पेम्बा शेर्पाले २६ स्कोर गरे । प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक नेपाल बास्केटबल संघले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा महत्वपूर्ण योगदान पुर्‍याएबापत सदस्य–सचिव सिलवाललाई सम्मानपत्रबाट सम्मान गरेको थियो । ७ फागुनसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् ।