१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार ०७:४९:००
Read Time : < 1 मिनेट
समाचार

भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार ०७:४९:००

धादिङको बेनीघाटको चरौदी पुलमा आज बिहान भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । प्रदेश ३-०२-०१४ प ३९८९ नम्बरको स्कुटर चालक सोलुखुम्बु, मुक्ली नगरपालिका-१ का २२ वर्षीय प्रकाश बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
 
स्कुटरमा सवार अर्का घाइते काभ्रेका सनिस थापालाई उपचारका लागि काठमाडौ लगिएको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । स्कुटरलाई ठक्कर दिने बिआर.०६.जिडी.८६७१ नम्बरको भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना लगत्तै भागेका ट्रक चालकको खोजि भइरहेको प्रहरीले जनाएको छ।