१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०६:३१:००
Read Time : < 1 मिनेट
समाचार

दादुरा–रुबेला खोप अभियानमा एनसेलको सहकार्य

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०६:३१:००

निजी क्षेत्रको सञ्चार प्रदायक संस्था एनसेलले राष्ट्रिय दादुरा–रुबेला खोप अभियानमा सरकारलाई सघाउने भएको छ । यसका लागि एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्नेछ । सरकारले नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३० लाख बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागू गर्नेछ । 

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत देशभर स्वास्थ्यससम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग गत १३ असोजमा समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । स्वास्थ्य मन्त्रालयसँगको समझदारीअन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिका लागि सरकारलाई सहयोग गरेको हो ।

यसअघि एनसेलले स्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्घिको सहकार्यअन्तर्गत डेंगीबारे जनसचेतना अभिवृद्घिका लागि सहयोग गरेको थियो । पहिलो चरणअन्तर्गत प्रदेश नम्बर १, २ र ५ का बालबालिकाका लागि बिहीबारदेखि सुरु भएको खोप ३० फागुनसम्म लगाइनेछ । दोस्रो चरणअन्तर्गत बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई १ देखि ३० चैतसम्म खोप लगाइनेछ ।